Comments Add Comment

ताप्लेजुङको दुवै प्रदेशमा वाम उम्मेदवार विजयी

२३ मंसिर, ताप्लेजुङ । ताप्लेजुङका दुवै प्रदेश क्षेत्रमा वाम गठबन्धनका उम्मेदवारले जित हासिल गरेका छन् ।

शुक्रबार राति अवेर सम्पन्न मतगणना अनुसार ताप्लेजुङ प्रदेशसभा क बाट नेकपा एमालेका उम्मेदवार बलबहादुर बोखिम र प्रदेशसभा ख बाट नेकपा माओवादी केन्द्रमा उम्मेदवार टंक आङबुहाङ प्रदेशसभा सदस्यमा निर्वाचित भएका छन् ।

प्रदेशसभा कबाट निर्वाचित भएका साम्सोहाङले १५ हजार ४१७ मत ल्याए । उनकी निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसकी लिला बोखिमले १० हजार ९७३ मत ल्याएको मुख्य निर्वाचन अधिकृत कृपासुर कार्कीले जानकारी दिएकाम छन् ।

नेकपा एमालेका जिल्ला अध्यक्ष साम्सोहाङले नेपाली कांग्रशकी जिल्ला सभापतिसमेत रहेकी बोखिमलाई ४ हजार ४४३ मत अन्तरले पराजित गरेकी हुन् ।

यता प्रदेशसभा खबाट निर्वाचन भएका नेकपा माओवादी केन्द्रका टंक आङबुहाङले १२ हजार १९८ मत पाए भने उनका निकटतम प्रतिस्पर्धी दीपेन्द्रकुमार सेन्दाङले ७ हजार ५८७ मत पाएका छन् ।

आङ्बुहाङ यस अघि २०६३ सालमा तत्कालीन नेकपा माओवादीका तर्फबाट अन्तरिक सांसद भएका थिए भने त्यसपछिका दुई संविधानसभा निर्वाचनमा पराजित भएका थिए ।

ताप्लेजुङको क्षेत्र नम्बर ख मा २२ हजार ७ सय २७ मत खसेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment