Comments Add Comment

गोरखा २ ‘क’ प्रदेशमा नयाँ शक्तिका आचार्य विजयी

२३ मंंसिर, गोरखा । गोरखा २ को ‘क’ मा नयाँ शक्ति पार्टीका हरिशरण आचार्य विजयी भएका छन् । निकटम प्रतिद्वन्द्वी माओवादी केन्द्रकी कमला नहर्कीलाई ३ हजार २७८ मत अन्तरले पछि पार्दै आचार्य विजयी भएका हुन् ।

आचार्यले १५ हजार ३४३ मत ल्याएका छन् भने उनका नहर्कीले १२ हजार ६५ मत ल्याइन् । कुल गणना भएको मत मध्ये १ हजार ६७ मत बदर भएको छ ।

गोरखामा नयाँ शक्तिलाई कांग्रेसले साथ दिएको थियो भने माओवादी केन्द्रले एमालेको साथ पाएको थियो ।

को हुन् हरिशरण आचार्य ?

११ वर्षको उमेरबाटै कम्युनिष्ट राजनीति सुरु गरेका आचार्य ०५४ सालमा माओवादीको पूर्णकालीन सदस्य भएका थिए । ०५४ सालमा पक्राउ परेर सात दिन प्रहरी हिरासतमा रहेका उनी पुन ०५५ सालमा गिरप्तार परेर चार महिना जेल बसे ।

०६१ सालमा कास्की जिल्लामा नेपाली सेनाले गिरप्तार गरेर आचार्यलाई १२ दिनसम्म वेपत्ता बनाएको थियो ।

अनेरास्ववियू क्रान्तिकारीको केन्द्रीय सचिवालय सदस्य हुँदै गण्डक क्षेत्रीय संयोजक भएका उनी काठमाडौंलाई कार्यक्षेत्र बनाएर दश वर्ष तमुवान–काठमाडौं सम्पर्क मञ्चको अध्यक्ष भएर काम गरे ।

बाबुरामले नयाँ शक्ति पार्टी बनाएपछि उनी गोरखा क्षेत्र नम्बर २ को इञ्चार्जका रुपमा कार्यरत छन् ।

०७२ सालमा डाक्टर बाबुराम भट्टराईसँगै एमाओवादी छाडेर नयाँ शक्तिमा लागेका हरिशरण आचार्य विद्यार्थी नेता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment