Comments Add Comment

दुनियाकै अनौठो रेष्टुरेन्ट, जहाँ बादरले वेटरको काम गर्दछ

रोबोटले रेष्टुरेन्टमा वेटरको काम गरेको त सुनिएकै हो । तर यहाँ त बाँदरले पनि वेटरको काम गर्न सुरु गरेको छ ।

जापानमा एउटा यस्तो रेष्टुरेन्ट छ जहाँ दुईवटा बाँदरले वेटरको काम गरिरहेका छन् ।

राजधानी टोकियोमा रहेको कायाबुकिया तावर्न नामक रेष्टुरेन्टमा दुईवटा बाँदरले वेटरको काम गरेका हुन् ।

रेष्टुरेन्टमा बाँदरलाई काम लगाउनका लागि रेष्टुरेन्ट मालिक काओस ओत्सुकाले सरकारी निकायसँग अनुमति लिएका छन् । जापानमा जनावर अधिकारको लागि कडा कानून रहेको छ ।

रेष्टुरेन्टमा बाँदरले दिनमा केवल २ घण्टा मात्र काम गर्दछन् । काम गरिरहँदा बाँदरले कर्मचारीले जस्तै युनिर्फम लगाउँदछन् ।

वेटरको काम गर्ने बाँदरहरुको नाम यात चेन र फुकु चेन रहेको छ ।

यी बाँदरले रेष्टुरेन्टमा आउने ग्राहकलाई केवल मेन्यू कार्ड लिएर दिने मात्र होइन की अर्डर लिने र अर्डर अनुसारको खानेकुरा लिएर दिने समेत गर्दछन् ।

रेष्टुरेन्टमा छिर्ने ग्राहकलाई यात चेनले जापानी परम्परा अनुसार बस्ने मेससम्म ससम्मान पूराउँदछ । फुकु चेनले सेवाग्राहीको हात पुछ्नका लागि तौलिया प्रदान गर्दछ । साथै उसले ग्राहकलाई मनोरञ्जन पनि प्रदान गर्दछ । एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment