Comments Add Comment

रसुवामा वामपन्थीको बिजोग !

२४ मंसिर, रसुवा । देशैभर वाम गठबन्धनको लहर आइरहेका बेला एउटा त्यस्तो जिल्ला छ जहाँ कम्युनिष्टले नराम्रोसँग पराजय ब्यहोरेका छन् ।

नेपाल चीन व्यापारको मुख्य नाका जोडिएको जिल्ला रसुवामा प्रतिनिधिसभातर्फ मात्र होइन दुवै प्रदेशसभामा वामपन्थीका उम्मेदवार पराजित भए ।

प्रतिनिधिसभातर्फ नेपाली कांग्रेसका मोहन आचार्यले नेकपा एमालेका उम्मेदवार जनार्दन ढकाललाई पराजित गरे । ढकालले २०७० सालको दोस्रो संविधानसभा निर्वाचनमा जित हासिल गरेका थिए ।

आचार्यले १४ हजार ४५३ मत पाउँदा ढकालले १० हजार २७८ मत पाएका थिए । सुरुआतदेखि नै अग्रता लिएका आचार्यलाई ढकालले रसुवाका कुनैपनि क्षेत्रको मतमा टक्कर दिनै सकेनन् ।

एक प्रतिनिधिसभा क्षेत्रको दुई प्रदेशसभा क्षेत्र रहेको रसुवामा दुवै प्रदेश लोकतान्त्रिक गठबन्धनका उम्मेदवारले जित हासिल गरे । प्रदेश क मा नेपाली कांग्रेसका प्रभात तामाङले एमालेका कर्न्याल तामाङलाई करिव २ हजार मतले हराए । प्रभातले ६९७६ मत पाउँदा कर्न्यालले ५१५२ मत पाए ।

यता प्रदेशसभा ख मा एक माओवादी र अर्का पूर्व माओवादीबीचको भिडण्त रोचक रहृयो । जसमा नयाँ शक्ति पार्टीका उम्मेदवार प्रेम तामाङले बाजी मारे । करिव १५ सय मतान्तरमा उनले नेकपा माओवादी केन्द्रका इन्द्रबहादुर गोतामेलाई पराजित गरे । तामाङले ७०४० मत ल्याउँदा गोतामेले ५६९२ भोट पाए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment