Comments Add Comment

पूर्णबहादुर खड्काको अपराजित यात्रामा विराम, ध्रुब शाहीले मारे बाजी

२४ मंसिर, काठमाडौं । संसदीय निर्वाचनमा अपराजित नेताको कांग्रेस नेता पूर्णबहादुर खड्का पराजित भएका छन् । सुर्खेत क्षेत्र नम्बर १ मा खड्कालाई हराउँदै एमालेका ध्रुब शाही विजयी भएका छन् ।

योसँगै खड्काको अपराजित यात्रमा पूर्णबिराम लागेको छ । कांग्रेसका पूर्व गृहमन्त्री रहेका खड्का ३३ हजार ३ सय ७७ ल्याउँदा विजयी उम्मेदवार शाहीले ३६ हजार ८५९ मत पाए ।

खड्काले २०४८ पछि लगातार चुनाव जित्दै आएका थिए । ०६४को संविधानसभा निर्वाचनमा भने उनी चुनाव नै लडेका थिएनन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment