Comments Add Comment

वृजेश गुप्ता कपिलवस्तुबाट चौथो पटक निर्वाचित

२४ मंसिर, कपिलवस्तु । कपिलवस्तु प्रतिनिधि सभा २ का वाम उम्मेद्वार वृजेश कुमार गुप्ता विजयी भएका छन् । उनले नेपाली कांग्रेसका जिल्ला सभापति सुरेन्द्रराज आचार्यलाई तीन हजार ५ सय ८१ मतान्तरले पराजित गरेका छन् ।

गुप्ताले कुल ३५ हजार १ सय २७ मत पाउँदै विजयी भएका हुन् भने उनका प्रतिद्वन्द्वी आचार्यले ३१ हजार ५ सय ६६६ मत पाएका छन् । तमलोपाबाट छुट्टिएको हृदयेश त्रिपाठीको स्वतन्त्र समूहबाट सूर्य चिन्ह लिएर चुनावमा होमिएका गुप्ताको संसदमा चौथो जित हो ।

०५६ सालको संसदीय निर्वाचनमा राप्रपाबाट जितेका गुप्ता ०६४ र ०७० को संविधानसभा निर्वाचनमा तत्कालिन क्षेत्र नम्बर ३ बाट विजयी बनेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment