Comments Add Comment

दाँतको ब्रसः यस्तो गल्तीले दाँत खराब

कसरी दाँतको ब्रस गर्ने ?


हामी नियमित रुपमा दाँत ब्रस गरिरहेका हुन्छौं । दाँत किन ब्रस गर्ने ? यसबारे कसैमा द्विविधा छैन । किनभने दाँतको सफाईकै लागि दाँतमा ब्रस गरिन्छ ।

तर, कसरी गर्ने ?

दिनहुँ दाँत ब्रस गर्नेलाई पनि यसबारे भने राम्रो हेक्का छैन । कस्तो ब्रस प्रयोग गर्ने, कसरी गर्ने, कुन बेला गर्ने भन्ने कुराको हामी उति ख्याल गर्दैनौ । यहि कारण ब्रस गरेपनि दाँत वा मुख सम्बन्धी समस्या झेलिरहेका हुन्छौ ।

कुन बेला गर्ने ?

धेरैजसोको बानी के हुन्छ भने, बिहान उठ्नसाथ ब्रस गर्ने । हामी देख्छौ, बिहान उठेर शौंच क्रिया गरेपछि धेरैले ब्रस गर्छन् । तर, यो सही विधी होइन ।
खासमा खाना खाइसकेपछि ब्रस गर्नुपर्छ । वा खाना खाए लगत्तै ब्रस गर्नुपर्छ । यसो गर्दा खानाको टुक्रा दाँतमा रहँदैन । दाँत सफा हुन्छ । तर, जब हामी बिहान दाँतमा ब्रस गर्छौ, त्यसबेलासम्म राती खाएको खाना सड्न थालेको हुन्छ । कुहिन थालेको हुन्छ । यसले ब्याक्टेरिया पैदा गरिसकेको हुन्छ ।
हाम्रो खानपान तालिका अनुसार बिहान र बेलुकी खाना खान्छौ । दिउसो नास्ता खाइन्छ । बिहान खाना खाइसकेपछि ब्रस गर्नुपर्छ र राती खाना खाइसकेपछि वा सुत्नुअघि ब्रस गर्नुपर्छ । खासमा ब्रस गर्नका लागि कतिपनि समय लाग्दैन । दुई/तीन मिनेट हो । यतिका समय हामीसँग काफी हुन्छ । अर्थात बिहान बेलुकी दाँत माझ्नका लागि हामीसँग समय अपुग छैन ।

मध्यन्हको खाजा खाइसकेपछि ब्रस गर्न संभव नहुन सक्छ । यस्तो अवस्थामा राम्ररी मुख कुल्ला गर्नुपर्छ । ब्रस गर्नु दाँतको सेतो बनाउनु मात्र होइन

हामीलाई के भ्रम छ भने, दाँत माझ्नु भनेको सेतो बनाउनु हो । वा, सफा बनाउनु हो । यो सही हो । तर, यति मात्र पनि होइन । मुख, जहाँबाट हामीले खाएको खानेकुरा शरीरमा पुग्छ । मुख सफा वा स्वस्थ्य नभई हामीले खाएको खानेकुरा स्वस्थ्य हुँदैन । त्यसैले मुखले नै खानेकुरा दुषित बनाउँछ भने, त्यो हाम्रो स्वास्थ्यका लागि फाइदाजनक हुँदैन । यसकारण पनि मुखको सफाई अति आवश्यक हुन्छ । अतः मुखको सफाईको लागि दाँत ब्रस अनिवार्य हो ।

के हुन्छ ब्रस गर्दा ?

जब हामी ब्रस गर्छौ, दाँतमा रहेको फोहोर पखालिन्छ । यसले दाँत सफा हुन्छ, मुख स्वस्थ्य हुन्छ । सासको दुर्गन्ध हराउँछ । सम्पूर्ण स्वास्थ्यका लागि यो एकदमै जरुरी हुन्छ ।

खानेकुरा खाएपछि त्यसको केहि अंश दाँतको कुनामा अल्भिmएर वा चेपिएर रहन्छ । त्यो जति समय रहन्छ, उत्तिनै बढी सड्ने संभावना हुन्छ । खानेकुरा सड्दै र गल्दै गएपछि त्यसले ब्याक्टेरिया पैदा हुन्छ । यसले दाँत र मुखलाई अस्वस्थ्यकर बनाइदिन्छ । त्यसैले दाँतको सफाई आवश्यक छ ।

सही ब्रस

दाँत ब्रस गर्छौ । तर, कस्तो ब्रसले ?

जुनसुकै किसिमको ब्रसले दाँतको सफाई प्रभावकारी ढंगले गर्दैन । खासमा दाँतमा रहेको फोहोर सफा गर्नका लागि मुलायम ब्रस चाहिन्छ । खासमा नाइलनको रेशा भएको ब्रस ठिक हुन्छ । यसले गिजालाई असर नगरी दाँतमा चेपिएर रहेको खानेकुरा पखाल्न सहयोग गर्छ ।

ब्रस बदल्ने

हामी एउटै ब्रस त्यसबेलासम्म प्रयोग गर्छौ, जतिबेलासम्म त्यो काम नलाग्ने हुन्छ । तर, यस किसिमको हेलचेक्राइले हाम्रो दाँत नै काम नलाग्ने बनाइदिन्छ । त्यसैले टुथ ब्रस निश्चित अवधीपछि बदल्नुपर्छ । दुई वा तीन महिनामा ब्रस बदल्नै पर्छ ।

ब्रस कहाँ राख्ने ?

हामी सबैभन्दा ठूलो भूल त के गरिरहेका हुन्छौ भने सोझै हाम्रो मुखसँग सम्पर्कमा रहने ब्रस बाथरुममा राख्छौ । बाथरुम आफैमा सफा स्थान होइन । त्यहाँ ब्याक्टेरिया फैलने अधिक संभावना हुन्छ । यस्तो ठाउँमा ब्रस राखेपछि ब्रस पनि दुषित हुन्छ नै । त्यसैले ब्रसलाई सुरक्षित स्थानमा, सफा स्थानमा राख्नुपर्छ, जहाँ बाह्य किटाणुको प्रभाव नहोस् ।

फ्लोराइडयुक्त टुथपेस्ट

ब्रस गर्नका लागि कस्तो पेस्ट प्रयोग गर्ने ? हामी विज्ञापन हेरेर त्यसको छिनोफानो गर्छौ । दाँत टिलिक्क टल्कने पेस्टको बिज्ञापन हेरेपछि त्यही पेस्ट हामीलाई उचित लाग्छ । यद्यपी पेस्ट खरिद गर्नुअघि त्यसको गुणस्तर हेर्नुपर्छ । टुथपेस्टमा लेखिएको निर्देशन अनुसार उचित किसिमको टुथपेस्ट किन्नुपर्छ । खासगरी फ्लोराइडयुक्त टुथपेस्ट प्रयोग गर्नुपर्छ । यसले दाँतको प्राकृतिक इनामेललाई पनि सुरक्षित राख्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment