Comments Add Comment

ऋचाको खुलासा-‘महिलाको कथामा फिल्म बनाउने निर्देशक नै खराब’


हलिउडमा जस्तै बलिउडमा पनि नायिकाहरुले आफू माथि यौन शोषण भएको खुलासा गर्न थालेका छन् । तर, रोजीरोटीको चिन्ताको कारण ती नायिकाहरु आफूलाई यौन शोषण गर्ने ब्यक्तिको वारेमा भने बिस्तृत खुलाउन चाहदैनन् ।

नायिका ऋचा चढ्ढाले कामको चिन्ताले नायिकाहरु आफू पीडित भएपनि खुल्न नचाहेको बताइन् । केहि समय अघि यहि विषयमा ब्लग लेखेपछि ऋचा नारीवादीहरुको निशानामा परिन् । नारीवादीहरुले सोधे-‘तिमी यौन शोषण भयो भन्छ्यौ तर आफुलाई यौन शोषण गर्ने ब्यक्तिको वारेमा किन उल्लेख गर्दिनौ ?’

जवाफमा ऋचाले भनिन्-‘मलाई पेन्सनको ब्यबस्था गरिदिनुस् म भन्छु । यौन शोषण गर्ने ब्यक्तिको वारेमा मुख खोलेपछि चलचित्र र टेलिभिजनले कामै दिन छोड्ने उनको भनाइ थियो ।’ उनले अगाडि भनिन्-‘यदि कामको ग्यारेन्टी गरिदिने हो भने हजारौ युवति खुलेर आउँछन् र यौन शोषणको कहानी बताउँछन् ।’

यौन शोषणको वारेमा खुलेर कुरा गर्ने युवतिहरुलाई बलिउडले कहिल्यै सुरक्षा नदिएको उनको भनाई थियो । उनको भनाई अनुसार महिलाका विषयमा चलचित्र बनाउने निर्देशकहरु यौनको मामलामा सबैभन्दा खराब छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment