+
+

स्वस्थ्य जीवनका लागि अम्लिय र क्षारिय भोजनको सन्तुलन

 डा. हेमराज कोइराला डा. हेमराज कोइराला
२०७४ मंसिर २४ गते १४:०१

सामान्यतः हामी जुन मिठो लाग्छ, त्यही खानेकुरा बढी खान्छौ । मिठो नलाग्ने खानेकुरा खाँदैनौ । अर्थात स्वास्थ्यका लागि भन्दा पनि स्वादका लागि खाइन्छ । यहि गलत प्रक्रियाले हाम्रो खानपान-शैली अस्वस्थ्यकर हुन्छ । खानामा कुन कुन पोषक तत्व हुन्छ र त्यसलाई कति मात्रामा ग्रहण गर्नुपर्छ भन्ने आधारभूत जानकारी हामीसँग हुन्न ।

हामीले खाएको खानेकुरा पाचन पछि रगतहुँदै कोष-कोषमा पुग्दछ । कोषमा खानाको उपपाचन/ मेटाबोलिज्म (खानाबाट उर्जा उत्पन्न हुने वा महत्व पूर्ण जैव रसायन बन्ने क्रिया) हुन्छ । यसरी खानाको उप-पाचन हुर्दै गर्दा उप-पाचनसँगै हामीलाई काम नलाग्ने पदार्थहरुको उत्पादन पनि भइरहेको हुन्छ । यी काम नलाग्ने तत्वहरुको प्रकृति अम्लिय, क्षारिय वा तटस्थ हुन सक्छ ।

उपपाचन पछि अम्लिय अवसाद उत्पादन गर्ने भोजनलाई अम्लिय भोजन, क्षारिय अवसाद उत्पान गर्ने भोजनालाई क्षारिय भोजन र तटस्थ अवशाद उत्पादन गर्ने भोजन लाई तटस्थ भोजन भन्ने गरिन्छ ।

केके अम्लकारक ?

१) माछा, मासु, अण्डा जस्ता मांस जन्य खाद्यान्नहरु

२) तारेको भुटेको मसलादार एवं गरिष्ठ भोजनहरु

३) प्रशोधित वा रिफाइन्ड खाद्यान्नहरु

४) रेसाचोकर एवं अत्यावश्यक तत्वहरू फ्याकिएका खाद्यान्नहरु

५) मैदा र बेशनबाट बनेका खानेकुराहरु

६) सेतो चामल र चामलबाट बनेका खाद्यपदार्थहरु

७) चिनी, मिश्री, चकलेट चास्नीमा बनाएका र मिठाईहरु

८) बोतल र बट्टा बद्ध खानेकुराहरु

९) नमकिन, विस्कुट,पाउरोटी,चाउचाउ, समोसा,कचौरी,पकौडी

१०) चिया, कफि, हर्लिक्स, वर्नभिटा, हट चक्लेट आदि

११) बोक्रा फ्याकेको दाल

१२) जँाड, रक्सी, वियर, हुवस्की, ब्राण्डी ताडी आदि मादकपदार्थहरू

१३) चुरोट, बिडी, सुर्ती, खैनी, गुल, बज्जर र हुक्का जस्ता सुर्तीजन्य पदार्थहरू

१४) अतितातो, अतिपिरो, अतिचर्को खानेकुराहरू

१५) धेरैबेर पकाएर प्राकृतिक गुणधर्म नष्ट भईसकेका खाद्यान्नहरू 

क्षारकारक भोजनहरु

१) बोक्रा सहितका ताजा फलफुलहरु

२) हरिया सागपातहरू

३) चोकर रेशा र बोक्रायुक्त अन्य भोजन

४) फलफुलको रस,जमराको रस एवं अन्य वनस्पतीहरूको रस

५) अंकुरित अनाज

६) नरिवल पानी

७) पानीमा भिजाईएको ड्राई फ्रुट्स

८) मौषमी फलफुल एवं तरकारीहरु

९) प्राकृतिक गुण धर्म यथावत राखेर पकाइएको खानाहरु

शरिरमा अधिकांश रोगहरुको उत्पत्ति हामीले खाने खानेकुरामा अम्ल र क्षार कारक खाद्यान्नको सहि सन्तुलन हुन नसक्दा हुन्छ । यदि त्यसो भएर रोग उत्पन्न भएको भए खानामा अम्ल र क्षारको सन्तुलन गरेदेखि रोग पुनः ठिक पनि भैहाल्छ ।

हाम्रो शरिर ८० प्रतिसत क्षारिय र २० प्रतिसत अम्लिय घोलबाट बनेको छ । यो प्राकृतिक ब्यवस्थालाई बनाई राख्नहामीले यहि अनुपातमा अम्लिय र क्षारिय भोजन गर्नु पर्छ ।

क्षारीय भोजनकाफाईदाहरु 

१) शरीरमा उपपाचन पश्चात बनेका अम्लिय अवशादहरु हटाउन मद्धत गर्दछ

२) शरीलाई निर्मलीकृत गरेर विष रहित बनाउँदछ

३) क्षारीय भोजन सुपाच्य हुन्छ । पचाउन सरल भएकाले पाचनका लागि अतिरिक्त उर्जा खर्च हुदैन

४) खाने मान्छेलाई उर्जावान बनाउँदछ

५) तौल घटाउन सहयोग पुर्‍याउँदछ

६) शारीरिक पिडा र कष्ट घटाउन मद्धत गर्दछ

७) प्रेशर, ब्लड ग्लुकोज र ब्लड कोलेस्ट्राल सन्तुलन कायम गराउँदछ

८) दाँत र गिजालाई मजबुत बनाई राख्दछ

९) प्रतिरक्षा प्रणालीलाई मजबुत बनाउँदछ

१०) चाडै बुढो हुनदिदैन ।

अम्लिय भोजनका बेफाइदाहरु 

१) हड्डीको हड्डी-घनत्व कम गर्दछ

२) अम्लपित्त बढाउँदछ

३) पथ्थरी बन्ने क्रियालाई बढाउँदछ

४) दीर्घकालिन पिडालाई अझै बढाउँदछ

५) हर्मोनहरु को स्तर गडबड बनाउँदछ

६) समस्थितितन्त्रलाई गडबड बनाईदिन्छ

शरीरमाअम्लको मात्रा बढेर जादा शरीरका अंगहरु कमजोर एवं अस्वास्थ्य हुन थाल्दछन् ।अम्लताको कारणले आएको कमजोरीका कारण शरीर, रोगी र असमयमा नै बृद्ध हुदै जान्छ ।

यसरी शरीरमा अम्लता बढ्न थाले पछि शरीरले रगत, हड्डी वा अन्य तन्तुमा जम्मा भएर बसेको क्षारहरुलाई अम्ल प्रभावित क्षेत्रमा तान्न थाल्दछ । यसो हुँदा प्रतिरक्षा प्रणाली कमजोर हुने, हड्डीहरुको घनत्व घट्ने, छालाको कान्ती घट्ने, कपाल फुल्ने जस्ता समस्या देखा पर्दछ ।

कसरी गर्ने सन्तुलित ?

हामीले हाम्रो शरीरमा अम्ल र क्षार सन्तुलित राख्न खानको पाँच भाग मध्ये चारभाग साग फलफुल सलाद एवं रंकुरित अनाजलाई समावेश गर्नु पर्दछ भने १ भाग मात्र अन्नदाल गेडागुडी आदि संलग्नगर्नु पर्दछ । यदि यो अनुपातमा खान सकिदैन भनेपनि ३ भाग क्षारिय भोजन र १ भाग अम्लिय भोजन खानु पर्दछ । खानाद्वारा अम्ल र क्षारको सन्तुलन बनाउनको लागि निम्न लिखितअनुपातमा खाने गरौँ ।

१) २५प्रतिशतमौषमी र क्षेत्रियफल ः खानाको २५ प्रतिशत हिस्सा मौषमअनुसारको फलफुल र क्षेत्रियफलफुलले ओगट्नु पर्दछ । फलफुललै खाए भन्दैमा सो फल ऋतु अनुसारको छैन र स्थानिय हैन भने त्यस्तो फलखानको कुनै अर्थ रहदैन ।

२)  २५ प्रतिशत मौषमी र क्षेत्रिय तरकारीः फलफुल जस्तै हामीले खाने खानको २५ प्रतिशत हिस्सा मौषमी र क्षेत्रिय तरकारीहरुले ओगट्नु पर्दछ

३)  १० प्रतिशत सलादः खानाको १० प्रतिशत हिस्सा काक्रो गाजर, बन्दा, मूला, टमाटर जस्ता सलादले ओगट्नु पर्दछ

४) १० प्रतिशतअंकुरितः खानाको १० प्रतिशत हिस्साअंकुरित अनाजवा अमृत भोजनले ओगट्नु पर्दछ

५) २० प्रतिशत अन्नः खानाको २० प्रतिशत हिस्सा चामल, मकै, गहुँ, फापर, जौ, कोदो, जुनेलो, सामाकागुनी, ज्वार बाजरा जस्ता अन्नले ओगट्नु पर्दछ

६) ५ प्रतिशत दालः खानाको ५प्रतिशत हिस्सा, दाल गेडागुडी लिनुपर्छ

७) ५प्रतिशत दुध दहिः हिस्सा प्राकृतिक रुपमा तयार गरिएका दुध-दहि महि जस्ता दुध जन्य पदार्थले लिनुपर्दछ । दुधदहि महिको सम्भावना नभएको ठाउँमा काजु, पिस्ता, बदाम, मुमफलि, ओखर काचो नरिवल आदिको समावेश गराएको राम्रो हो 

के गर्न सकिन्छ ?

१)  बिहान चिया, कफि, हलिक्स, बोर्न भिटा जस्ता पेयको साटो महपानी, कागतीपानी, फलफुलको सुप आदि पिउने बानीबसालौ

२)  कोकाकोला, फेन्टा, पेप्सिकोला जस्ता सफ्ट डि्रंकको बदलामा मोही, लस्सी, मह कागतीपानी र फलफुलको रस पिउने गरौँ

३)  माछामासु, अण्डा, पनिर, चिजजस्ता प्राणीबाट प्राप्त प्रोटिनको साटो बनस्पतिबाट प्राप्त प्रोटिनहरु लाई आफ्नो खानेकुरामा समावेश गरौँ

४)  खानामा गुलियो पन ल्याउनु पर्दा चिनी मिश्री सख्खर जस्ता पदार्थ नहालेर मह, खुदो, उखुको रस वा चुकुन्दरको रस प्रयोग गर्ने गरौँ

५)  परिस्कृत खाद्यान्नहरुको साटो प्राकृतिक खानेकुराहरु नै खाने गरौँ

६)  सकेसम्म अर्गानिक खानेकुराहरु रोज्ने गरौँ

लेखक भरतपुर स्थित योगी नरहरिनाथ योग तथा प्रकृतिक चिकित्सालयका मेडिकल डाईरेक्टर हुन्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Khusi
                                chhu

खुसी

Dukhi
                                chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?