Comments Add Comment

शरीरलाई कसरी रोग प्रतिरोधात्मक बनाउने ?

हामीलाई किन चाडै रोगले गाँज्छ ? किन सानोतिनो रोगले सताइरहन्छ ? किन बारम्बार स्वास्थ्य गडबड हुन्छ ?

किनभने हाम्रो शरीरमा रोगसँग लड्ने क्षमता छैन । अर्थात रोग प्रतिरोधात्मक क्षमता कमजोर छ । यस्तो अवस्थामा सानोतिनो रोगले पनि हामीलाई सताइरहन्छ । सामान्य चिसो लाग्नसाथ रुँघा लाग्छ, खानपान नमिल्दा अपचको समस्या हुन्छ । रोग प्रतिरोधात्मक क्षमता कमजोर हुनुको नतिजा हुन् यी ।
बुढाबुढी, रोगी, बालबालिकामा तुलनात्मक रुपमा रोग प्रतिरोधात्मक क्षमता कमजोर हुन्छ । यद्यपी जवानहरुमा पनि यस्तो समस्या हुन्छ । कतिको वंशानुगत रुपमा पनि कमजोर हुन्छ । कतिको अस्वस्थ्यकर जीवनशैलीको कारण ।

शरीरमा सेतो रक्त कोशिका हुन्छ, जसले हरेक प्रकारको संक्रमणसँग लड्ने क्षमता राख्छ । यो प्राकृतिक सुरक्षा कवच हो । यहि नै प्रतिरक्षा प्रणालीको अहंम हिस्सा पनि हो ।

अतः शरीरलाई बलियो र तन्दुरुस्त राख्न प्रतिरक्षा प्रणाली बलियो हुनुपर्छ । त्यसका लागि के गर्ने त ?

उचित खानपान

शरीरमा रोग प्रतिरोधात्मक क्षमता बढाउनका लागि खानपानको खास भूमिका हुन्छ । यस्तो सन्तुलित भोजन लिनुपर्छ, जसले सेतो रक्तकोश बढाउँछ । यसका लागि पर्याप्त मात्रामा प्रोटिनको आवश्यक हुन्छ । प्रोटिन सेतो रक्त कोशिका बनाउन सहयोगी मानिन्छ । यो दुध, अन्डा, सागसब्जीमा पाइन्छ ।
सेचुरेटेड फ्याटबाट परहेज गर्नुपर्छ । यद्यपी पर्याप्त मात्रामा अनसेचुरेटेड फ्याट लिनुपर्छ । सेचुरेटेड फ्याटले हृदयको रोग निम्त्याउँछ । शरीरलाई अनसेचुरेटेड फ्याट भने चाहिन्छ । यसका लागि सोविन, तिल, सनफ्लावर तेल आवश्यक हुन्छ ।

कार्बोहाइड्रेट कम खाने

सहि मात्रामा गहुँ, मकै र अन्नले सेतो रक्त कोशिका बनाउनका लागि उर्जा पैदा गर्छ । तर, यसको आवश्यक्ताभन्दा बढी सेवनले रगतमा लिम्फोसाइट्स घटाइदिन्छ । र, यसले प्रतिरक्षा प्रणालीलाई थप कमजोर बनाउँछ ।

खानामा यी कुरा सामेल गरौं

– लसुन
– बदाम
– गोभी
– सिमी
– च्याउ
– दही
– ग्रीन टि
– तुलसी चिया

एन्टि अक्सिडेन्ट लिने

एन्टिअक्सिडेन्ट यस्तो भिटामिन, मिनरल र दोस्रो पोषक तत्व हो, जसले शरीरको क्षतिग्रस्त कोशिकालाई दुरुस्त गर्न सहयोग गर्छ । ग्रीन टि एन्टिअक्सिडेन्टको एकदमै राम्रो स्रोत हो ।

कपर- स्वस्थ्य रहनका लागि कपर थोरै मात्रामा जरुरी हुन्छ । तर, यसले पि|m रेडिकल्सलाई न्युट्रलाइज गर्दै तथा त्यसको खतरनाक असर कम गर्दै प्रतिरक्षा प्रणालीमा अहंम् भूमिका खेल्छ । मासु, हरियो सागसब्जी, अन्नमा कपर पाइन्छ । तर, कपरको अधिक मात्राले अल्जाइमर जस्ता समस्या ल्याउन सक्छ ।

भिटामिन- सि

भिटामिन सिले सेतो रक्त कोशिकालाई बढाउँछ र कोशिकालाई दुरुस्त बनाइराख्छ । यो एक एन्टिअक्सिडेन्ट पनि हो, जसमा रहेको सेतो रक्त कोशिका नष्ट हुनबाट बचाउँछ । बयस्कका लागि भिटामिन सिको उचित मात्रा २ हजार मिलिग्राम हो ।

स्वस्थ्य जीवनशैली

हामी त्यहीबेला स्वास्थ्यप्रति बढी सोच्छौ, जब यो खतरामा हुन्छ । वा कुनै न कुनै समस्या आउँछ । तर, त्यस्तो अवस्थाको प्रतिक्षा नगरौ ।
नियमित स्वस्थ्य खानेकुरा सेवन आफ्नो कार्डियोभास्कुलर स्वस्थ्य बनाउन, एनर्जी लेभल सुधार्न र मांसपेशी एवं हड्डी बलियो बनाइराख्ने सबैभन्दा राम्रो उपाय हो । मौसमी फलफूल, ताजा सागसब्जी, प्रोटिनले समृद्ध खानेकुरा, ग्रीन टि आदिलाई आफ्नो डाइट चार्टमा सामेल गरौं ।

व्यायाम गरौं

नियमित रुपमा व्यायाम गरौ, जसले मुटुलाई स्वस्थ्य राख्छ । व्यायामले शरीरको विभिन्न हिस्सामा रक्त प्रवाह गराउँछ । साथै शरीरको विकारयुक्त पदार्थ बाहिर निकाल्छ । यस किसिमले पनि शरीरको प्रतिरक्षा प्रणाली बलियो हुन्छ ।

– ६ देखि १७ बर्ष उमेरका बच्चा र किशोरले कम्तिमा ६० मिनेट व्यायाम नियमित रुपमा गर्नुपर्छ ।
– १८ देखि ६४ बर्ष उमेर समूहकाले कम्तिमा हप्तामा १ सय ५० मिनेट एरोबिक, हप्तामा दुई पटक तौल उठाउने जस्ता गतिविधि गर्नुपर्छ ।

धुमपान छाडौं

धुमपानले शरीरको हरेक अंगलाई क्षतिग्रस्त बनाउँछ । यसले हाम्रो प्रतिरक्षा प्रणाली कमजोर बनाउँछ । साथै स्ट्रोक, हार्ट अट्याक, फोक्सोको क्यान्सर जस्तो संभावना बढाउँछ । निकोटिन रगतमा अक्सिजनको ठाउँ ओगटेर बस्छ । यसले गर्दा कोशिकामा अक्सिजन पुग्ने क्षमता घटाइदिन्छ ।
पर्याप्त पानी पिउने

हरेक दिन कम्तीमा आठ गिलास पानी पिउनुपर्छ । यसले मांसपेशीलाई उर्जावान बनाउँछ । आन्द्रा स्वस्थ्य बनाउँछ । सोडा, अल्कोहल, चिया, कफीले तिर्खा मेट्ने गल्ती नगरौं । यसले शरीरलाई डिहाइड्रेट गर्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment