Comments Add Comment

नेपाली क्रिकेट टोलीलाई युएईमा सम्मान

१० डिसेम्बर, युएई । आइसीसी वल्र्ड क्रिकेट लिग च्याम्पियनसिपमा युएईसँग भिड्न आएको टोलीलाई युएईका नेपाली संघसंस्थाहरुले भव्य रुपमा सम्मान गरेका छन् ।

युएईसँग भएका दुवै खेलमा पराजित नेपाली क्रिकेट टोलीलाई एनआरएन युएई, हामी नेपाली एसोसिएसन, नेपाली समाज, एभरेस्ट मार्सल एन्ड स्पोट्र्स क्लब युएईले नगद तथा प्रमाणपत्रका साथ दोसल्ला ओडाएर सम्मान प्रकट गरेका छन् ।

एनआरएन युएईले डिसेम्बर ८ तारिख अबुधाबीमा नेपाली कार्यवाहक राजदूत नेत्र टण्डनको प्रमुख आतिथ्यमा सम्मान गरेको हो भने युएईको सरकारी निकायमा औपचारिक दर्ता भएको हामी नेपाली एसोसिएसन लगायत अन्य संस्थाहरुले भोलिपल्ट डिसेम्बर ९ तारिख दुबईमा नगद पुरस्कारसहित सम्मान गरेका हुन् ।

अबुधाबीको भान्साघर रेस्टुरेन्टमा आयोजित सम्मान कार्यक्रममा एनआरएन आईसीसीका सदस्य ठाकुर ढुंगानाले क्रिकेट खेलाडीका साथमा उपस्थित सबैलाई स्वागत गरेका थिए भने खेलाडीहरुको प्रतिनिधित्व गर्दै टिम क्याप्टेन पारस खड्काले युएईमा क्रिकेट खेल्दा नेपाली दर्शकहरुको अपार माया पाएका कारण आफ्नै देशमा खेल खेलेको जस्तो लाग्ने अनुभव सुनाए ।

कार्यक्रमको सभापतित्व एनआरएनका उपाध्यक्ष निर्मलकुमार पोखरेलले गरेका थिए भने सम्मान कार्यक्रमको सञ्चालन एनआरएनका महासचिव कृष्ण पौडेलले गरेका थिए ।

त्यसरी नै उक्त टोलीलाई शनिबार दुबईमा विभिन्न संस्थाहरुले संयुक्त बिदाई तथा सम्मान गरेका छन् । हामी नेपाली एसोसिएसन, नेपाली समाज युएई, एभरेस्ट मार्सल एन्ड स्पोट्र्स क्लब युएईले भव्यताका साथ सम्मान गरेका हुन् ।

एभरेस्ट क्लबका उपाध्यक्ष कुन्दन सिङको सभापतित्वमा आयोजना भएको उक्त बिदाई तथा सम्मान कार्यक्रमको प्रमुख अथिति हामी एसोसिएसनका अध्यक्ष डा. दिनेश आचार्य रहेका थिए ।

नेपाली समाजका अध्यक्ष चन्द्रप्रसाद सापकोटा, नेपाल बिज्नेस काउन्सिलका कोषाध्यक्ष एकेन्द्र थापा, नेवा पुचका उपाध्याय राजेश प्रधान तथा गैर आवासीय नेपाली संघ युएई सदस्य समिम खानको उपस्थितिमा भयको कार्यक्रममा स्वागत मन्तव्य नेपाली समाजका सचिव कृष्ण पौडेलले प्रकट गरेका थिए ।

कार्यक्रममा वार्वाची रेस्टुरेन्टले सहयोगी संस्थाका रुपमा योगदान गरेको थियो ।

कार्यक्रममा खेल प्रशिक्षक जगतबहादुर टमटा, टिम क्याप्टेन रमन शिवाकोटी र क्याप्टेन पारस खड्काले मन्तब्य राखेका थिए । एभरेस्ट क्लबको तर्फबाट सचिव पुर्णभक्त लामाले क्लब स्थापनाको बारेमा बोलका थिए ।

खेलाडीहरुको आत्मसम्मानका लागि डिडिए ग्रुपको तर्फ बाट हरेक खेलाडीहरुलाई डा. दिनेश आचार्यले १० हजारका दरले नगद पुरस्कार प्रदान गरेका थिए ।

हामी नेपाली एसोसिएसनको कार्यालयमा भएको भब्य कार्यक्रमको व्यवस्थापन एभरेस्ट क्लबका टेक्निकल डाइरेक्टर रवी शाहीले गरेका थिए भने कार्यक्रमको सञ्चालन क्लबका  कोषाध्यक्ष परशुराम घिमिरेले गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment