Comments Add Comment

शेर्पा किदुग युएईको अध्यक्षमा आङफुरी चयन

१० डिसेम्बर, युएई । शेर्पा किदुग युएईको सातौ वार्षिक अधिवेशन तथा चौथो महाधिवेधनले सर्वसम्मत रुपमा सोलुखुम्बुका आङफुरी शेर्पालाई अध्यक्षमा चयन गरेको छ ।

डिसेम्बर ८ शुक्रबार दुबईको जाबिल पार्कमा सम्पन्न अधिवेशनले फुरीको अध्यक्षतामा १७ सदस्यीय नयाँ कार्यसमिति बनाएको हो ।

समितिको प्रथम उपाध्ध्यक्षमा उदयपुरका निमा शेर्पा, द्वितीय उपाध्यक्षमा सोलुकै माया शेर्पा, महासचिवमा सोलुकै नुरु शेर्पा रहेका छन् ।

सचिवमा रामेछापका कर्मा गेली शेर्पा, कोषाध्यक्षमा सुनसरीका तेन्जिङ शेर्पा, सहकोषाध्यक्षमा दार्जिलिङका फुर्दिकी शेर्पा चयन भएका छन् ।

प्रवक्ता तथा सञ्चार विभाग प्रमुखमा ओखलढुंगाका सोनाम शेर्पा, साँस्कृतिक विभाग प्रमुखमा सोलुकै आङदोमे शेर्पा, महिला विभाग

प्रमुखमा दोलखाकी आङल्यामु शेर्पा, खेलकुद विभाग प्रमुखमा सोलुकै आङकामी शेर्पा सर्वसम्ममत चयन भएका छन् ।

केन्द्रीय सदस्य तथा दुबइ क्षेत्रीय संयोजकमा दोलखाका पेमसाङे शेर्पा, केन्द्रिय सद्स्य तथा सारजह क्षेत्रीय संयोजकमा खोटाङका पासाङ शेर्पा रहेका छन भने अन्य केन्द्रीय सदस्यहरुमा उदयपुरका टासी शेर्पा, सोलुका कर्साङ शेर्पा, लोमु शेर्पा, दोलखाका फुर्निमा शेर्पा सर्वसम्मत चयन भएका छन् ।

त्यसैगरी शेर्पा किदुग युएईको संरक्षक सदस्यहरुमा रामेछापका पासाङ रिन्जी शेर्पा, ताप्लेजुङका निमा शेर्पा, र भोजपुरका फुर्वा शेर्पा रहेका छन् भने सल्लाहकारहरुमा उदयपुरका गन्जु शेर्पा, दोलखाका छिरी शेर्पा र टेन्डी शेर्पा रहेका छन् ।

किदुगले वार्षिक रुपमा मनाउँदै आएको ल्होसार समारोहलाई विगतमा झै यसपालि पनि धुमधामका साथ मनाउने निर्णय गर्दै सात सदस्यीय ल्होसार मुल आयोजक समिति समेत गठन गरेको छ ।

समितिको मुल संयोजकमा निमा शेर्पा रहेका छन् भने उपसयोजकमा नुरु शेर्पा, व्यवस्थापन प्रमुखमा आङ फुरी शेर्पा, यातायात प्रमुखमा आङकामी शेर्पा, आर्थिक प्रमुखमा तेन्जिङ शेर्पा, प्रचारप्रसार प्रमुखमा सोनाम शेर्पा, सांस्कृतिक प्रमुखमा आङ दोमे शेर्पा र गेलु शेर्पालाई चयन गरिएको छ ।

ल्होसार कार्यक्रम अवुधावीको फोक्लोर थिएटरमा शुक्रवार, १६ फेब्रुवरी २०१८ को दिन अतिथि कलाकारहरु मोडल तथा नायिका छिरिङ्ग डोल्मा शेर्पा, मोडल जाङ्मु इन शेर्पा र गायिका डोमा शेर्पालाई आमन्त्रण गरी भव्य रुपमा मनाउने निर्णय समेत गरेको छ ।

उक्त कार्यक्रममा समितिमा लामो योगदान गरी नेपाल फर्कन लागेका साँस्कृतिक बिभागका कलाकारहरु फुरछोटी शेर्पा ,ङाकी शेर्पा र छिरिङ्ग शेर्पालाई सम्मान तथा बिदाइ समेत गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment