Comments Add Comment

सप्तरी-४ बाट राज्य मन्त्री चौधरी सांसद निर्वाचित

२४ मंसिर, सप्तरी । सप्तरी प्रतिनिधिसभा क्षेत्र नम्बर ४ मा कांग्रेसले जित हासिल गरेको छ । यस क्षेत्रबाट कांग्रेसका उम्मेदबार तेजुलाल चौधरी दोस्रो पटक निर्वाचित भएका हुन् ।

यसअघि उनी २०७० सालको दोस्रो संविधानसभाको निर्वाचनमा उनी यही क्षेत्रबाट कांग्रेसबाटै विजयी थिए ।

चौधरी २४ हजार १ सय १३ मत ल्याएर विजयी भए । उनका निकटतम प्रतिद्वन्दी राजपाका मृगेन्द्रकुमार सिंह यादवले १४ हजार ८ सय ८६ मत ल्याए ।

बर्तमान सरकारको युवा तथा खेलकुद राज्य मन्त्री चौधरीको यो क्षेत्रमा लगातार दोस्रो जित हो । चौधरीले यादवलाई ९ हजार २ सय २७ मतले पराजित गरे ।

यस्तै बाम गठबन्धनका उम्मेदबार इस्लामले १४ हजार ३ सय ५ मत प्राप्त गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment