Comments Add Comment

प्राधिकरणको सीईओ छाडेर चुनावमा गएका पोखरेल हारे, प्रतिनिधिसभामा राजमोले खाता खोल्यो

डा. गोविन्द पोखरेल

२४ मंसिर, काठमाडौं । पुनर्निमाणको कार्यकारी अधिकृत (सीईओ) को पद छाडेर चुनावमा गएका डा. गोविन्द पोखरेल पराजित भएका छन् ।

पोखरेल कांग्रेसबाट प्युठानमा प्रतिनिधिसभा सदस्यमा उम्मेदवार बनाएका थिए । तर, वाम गठबन्धनबाट उम्मेदवार बनेकी राष्ट्रिय जनमोर्चाकी नेतृ दुर्गा पौडेलसँग पराजित भएकी छन् ।

पौडेलले ४७ हजार ५१४ मत पाएकी छन् । निकटतम प्रतिद्वन्द्वी पोखरेलले ३१ हजार २८६ मत पाएका छन् ।

प्रदेशसभा तर्फ रिजाल र खड्का विजयी

यसैगरी प्युठानको प्रदेशसभा तर्फ एमाले र माओवादीले एक-एक सिट जितेका छन् । प्रदेशसभा ‘क’मा एमालेका हरिप्रसाद रिजाल २४ हजार ७३४ मतसहित विजयी भए । उनको निकटतम प्रतिस्पर्धी कांग्रेसका टेकप्रसाद भण्डारीले १२ हजार ६३९ मत पाए ।

प्रदेशसभा ‘ख’मा माओवादी केन्द्रका कृष्णध्वज खड्का विजयी भए । उनले २७ हजार ९१० मत पाए । उनको निकटतम प्रतिस्पर्धी कांग्रेसका अमर प्रसाद भण्डारी १४ हजार १६८ मत पाए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment