Comments Add Comment

जब ६९ वर्षका हजुरबाले प्राप्त गरे एकैपटक १० महिलाको प्रस्ताव

सायद उनी बेलायतमा सबैभन्दा धेरैपटक बिहे गर्ने मानिस होलान् । यसअघि उनले ८ पटक गरेको बिहे टिक्न नसकेपछि एक्लै रहेका ती हजुरबाले अहिले पुनः विहेको प्रस्ताव प्राप्त गरेका छन् । त्यो पनि पछिल्लो एक वर्षमा १० वटी महिलाबाट ।

आफ्नी सबैभन्दा पछिल्ली पत्नीले झिटिगुन्टा कसेर गएयता आफुले विश्वका विभिन्न देशहरुबाट आफुलाई रोमान्सका प्रस्ताव आउने गरेको उनले बताउने गरेका छन् ।

६९ वर्षका रोन शेप्पार्ड आफुप्रति दुनियाभरका महिलाहरुले देखाउने रुची देखेर आफुलाई नै विश्वास नलाग्ने गरेको बताउँछन् । उनलाई अमेरिका देखि घानासम्म तथा भियतनाम देखि अष्ट्रेलियासम्मका महिलाले प्रस्ताव राख्ने गरेको दाबी गरेका छन् ।

आफुले आफु एकल रहेको घोषणा गरेयता कम्तिमा १० जना महिलाले आफुसँग प्रस्ताव राखिसकेको उनी बताउँछन् । ‘यो अवस्था हेर्दा म छिटै नवौँ श्रीमतीको लोग्ने हुने जस्तो देखिन्छु’, उनी भन्छन्, ‘उनीहरु म मा के देखेर मन पराउँछन् मलाई नै थाहा छैन । सायद अन्तराष्ट्रिय रुपमै खुंखार हुनुको परिणाम होला ।’

आफु सम्भवतः नवौँ पटक श्रीमान बन्ने तर दशौँ श्रीमती चाहीँ धान्न नसक्ने उनी बताउँछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment