Comments Add Comment

शरदसिंह भण्डारीले भने-मधेशी जनताले हामीलाई अनुमोदन गरे

संविधान संशोधनका लागि जिम्मेवार भूमिका निर्वाह गर्ने प्रतिबद्धता

 

२५ मंसिर,जलेश्वर । राजपा अध्यक्ष मण्डलका दुई नेता महोत्तरीबाट निर्वाचित भएका छन् । महोत्तरी ३ बाट अध्यक्ष मण्डलका महन्थ ठाकुर निर्वाचित भइसकेका छन् । यसैबीच अध्यक्ष मण्डलका सदस्य शरदसिंह भण्डारी महोत्तरी २ बाट दोब्बर मतान्तर सहित बिजयी भएका छन् ।

भण्डारीले कांग्रेस नेतृ किरण यादवलाई पराजित गरेका हुन् । भण्डारीले ३० हजार ७२२ मत प्राप्त गरेर बिजयी हुँदा यादवले १३ हजार ९७४ मत प्राप्त गरिन् । उनीहरुबीच करीव १७ हजारको मतान्तर भएको छ ।

भण्डारी २०७० को संविधानसभा निर्वाचनमा महोत्तरी १ र ६ बाट पराजित भएका थिए । यादवव २०७० मा महोत्तरी २ बाट निर्वाचित भएका थिए । निर्वाचन अधिकृत मिना गुरुङबाट बिजयको प्रमाणपत्र लिइसकेपछि पत्रकारहरुसँग कुरा गर्दै भण्डारीले मधेशी जनताले आफूहरुमाथि गम्भिर दायित्व र चुनौति थपिदिएको बताए ।

उनले मधेशवादी गठबन्धन मिलेपछि मधेशी जनताले आफूहरुलाई अनुमोदन गरेको भन्दै अब संविधानलाई सबैको अपनत्व हुने गरि संशोधन गराउन गठबन्धनले संसदमा भूमिका खेल्ने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment