Comments Add Comment

सुनितालाई ल्होसार लाग्यो, रातो घलेकमा बुट्टा भर्न भ्याइनभ्याई

काठमाडौं । गुरुङहरुको चाड ल्होसार नजिकिएसँगै गायिका सुनिता दुलालको ब्यस्तता बढेको छ । अनलाइन सपिङको ब्यापार सुरु गरेकी सुनिता अहिले विभिन्न पोशाकको अर्डर लिँदै बुटिकलाई जिम्मा लाउनमा ब्यस्त छिन् ।

‘ल्होसार आउन लागेकाले रातो घलेकको अर्डर निकै छ,’ सुनिताले भनिन् । विदेशमा बस्ने नेपालीहरुले क्यालेण्डर हेरेर चाड मनाउने गरेको उनलाई थाहा छ । गुरुङ, तामाङ, राइ, लिम्बु हरेक समुदायले आफ्नो चाडलाई महत्वका साथ मनाउने गरेको उनी बताउँछिन् ।

पछिल्लो समय यस्ता चाडमा आफ्नै जातीय पोशाकमा प्रस्तुत हुने गरेका छन् विदेशमा बस्ने नेपालीहरु । ल्होसारमा प्रायले आफ्नै जातीय पोशाक लगाउने भएकाले रातो घलेकको अर्डर धेरै आएको उनी बताउँछिन् ।

त्यसो त अन्य पोशाकको पनि उत्तिकै अर्डर आउछ । जाडोको सिजन भएकाले बाक्लो कुर्ताको अर्डर बेस्सरी आइरहेको बताउँदै सुनिताले सबैभन्दा धेरै अर्डर नेपाली ढाकाको आउने जानकारी दिईन् । ‘ढाकाको अर्डर अत्याधिक आउछ । ढाकाको साडी र चोलीको माग उच्च छ,’ उनले भनिन् ।

तीनवटा दराज साडीले भरियो

हरेक कार्यक्रममा साडी र ब्लाउजमा प्रस्तुत हुने सुनिता सारीको सौखिन छिन् । उनको घरमा अहिले पनि तीनवटा दराज सारीले भरिएको छ । कति महंगा सारी छन् होला ? प्रश्नको जवाफ दिँदै सुनिताले भनिन् ‘म कहिल्यै महंगो खोज्दिन । मसँग दुई सय रुपैया पर्ने पनि थुप्रै सारी छन् ।’

विभिन्न बुटिकमा गएर सारी किन्ने गरेकी सुनिता अन्य पसलमा पनि पुग्छिन् । आफुलाई मन पर्ने रंगलाई प्राथमिकता दिएर किन्छिन् ।

लोकदोहोरीको तयारीमा

एक महिना मात्रै भयो उनी स्वदेश फर्केको । अष्टे्रलियाको १३ ठाउँमा कार्यक्रम गरेकी सुनिताले अमेरिका र बहराइनका दर्शकका विचमा पनि गाइन् । फेरि विदेशबाट कार्यक्रमका लागि फोन आउन थालिसक्यो ।

‘अँ केही देशवाट कार्यक्रमको कुरा हुँदैछ । विदेश जानुअघि एउटा दोहोरी गीत निकाल्छु,’ सुनिताले भनिन् ।

प्रकाश कटुवालसँग दोहोरी गाएकी सुनिता केही दिनमा उक्त गीत बजारमा आउने बताउँछिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment