Comments Add Comment

मेगाको कार्यवहाक सीईओमा अनुपमा खुजेली


२५ मंसिर, काठमाडौं । मेगा बैंकको कार्यवहाक प्रमूख कार्यकारी अधिकृत (सीईओ)मा अनुपमा खुजेली नियुक्त भएकी छिन् ।

बैंकले आफ्नो वेबसाइटमा उनको सम्बोधन समेत सार्वजनिक गरेको छ । बैंकबाट अनिल केशरी शाहले बैंक छाडेपछि खुजेलीलाई कार्यवाहक दिएको हो । शाहले पुस १७ गतेबाट सेञ्चुरी कमर्सियल बैंकमा प्रमूख कार्यकारी अधिकृतको जिम्मेवारी सम्हाल्ने भएका छन् ।

खुजेलीलाई यसअघि पनि बैंकको सीईओको लागि मुख्य दाबेदारको रुपमा लिइएको थियो ।

खुजेलीको सम्बोधनमा भनिएको छ, ‘हाम्रो लागि सफलता भनेको पैसा वा पैसाको जनाउ दिने अंक मात्रै होइन, हरेक दिन हामीले प्रतिक्रियाको रुपमा आर्जन गरिरहेको ग्राहकहरुको मुस्कान नै हो ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment