Comments Add Comment

कामचलाउ सरकारद्वारा धमाधम कार्यकर्तालाई राजनीतिक नियुक्ति

एमाले नेता नेम्वाङ भन्छन्-यो लज्जास्पद कुरा हो, अर्को सरकारले बदर गर्छ


२५ मंसिर,काठमाडौं । निर्वाचन सम्पन्न भएर कामचलाउन बनिसकेको सरकारले सरकारी संस्थानमा नयाँ नियुक्ति गरेको छ । मन्त्रिपरिषदको सोमवारको बैठकले सन्चार मन्त्री मोहनवहादुर बस्नेतको ठाडो प्रस्तावमा नयाँ नियुक्ति गरेको छ ।

बैठकले चलचित्र विकास बोर्डको अध्यक्षमा निकिता पौडेललाई नियुक्त गरेको छ । पौडेल गोपाीकृष्ण भूमिजकी सन्चालक हुन् । उनका पिता उद्धब पौडेल राप्रपाका नेता समेत हुन् ।

त्यस्तै गोरखापत्र संस्थानको महाप्रबन्धकमा कांग्रेस कार्यकर्ता बसन्तप्रकाश उपाध्यायलाई नियुक्त गरिएको छ । उपाध्याय गोरखापत्र संस्थानकै कर्मचारी पनि हुन् ।

बस्नेतले नेपाल टेलिकमको प्रबन्ध निर्देशकमा पनि कामिनी राजभण्डारीलाई हटाएर अनिल झालाई नियुक्ति गर्न प्रस्ताव लगेका थिए । तर सो प्रस्ताव भने सोमवारको बैठकमा निर्णय भएको छैन ।

स्रोतका अनुसार आर्थिक चलखेलमा बिकास बोर्डको अध्यक्ष नियुक्त गरिएको छ । नयाँ सरकार गठनको लागि जनताले म्याण्डेट दिइसकेको अवस्थामा भएका नियुक्ति आउने सरकारले बदर गर्ने एमाले नेता सुवास नेम्वाङले बताए ।

नेम्वाङले भने-यदि सरकारले नयाँ नियुक्ति गरेको हो भने त्यो भन्दा लज्जास्पद केही हुदैन । यस्ता निर्णय आउने सरकारले मान्नुपर्छ भन्ने छैन ।

सोमवारको बैठकले प्रदेश प्रमुखहरुको नियुक्ति र प्रदेशका अस्थायी राजधानी तोक्नेबारेमा भने निर्णय गरेन । बैठकमा यसबारेमा छलफल नभएको र अर्को बैठकले निर्णय गर्ने शहरी विकास मन्त्री दिलनाथ गिरीले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment