Comments Add Comment

कस्तो छ शाहरुखको नयाँ टेलिभिजन शो ?


भारतको चर्चित टीभी च्यानल ‘स्टार प्लस’बाट डिसेम्बर १० देखि नयाँ शो सुरु भएको छ, ‘टेड टक्स इण्डियाः नई सोच’ । बलिउडका सुपरस्टार नायक साहरुख खान लामो समयपछि यो कार्यक्रम मार्फत टेलिभिजन कार्यक्रममा फर्किएका हुन् । उक्त कार्यक्रम अमेरिकाको गैरनाफामुखी मिडिया टेड (टेक्नोलोजी इन्टरटेनमेन्ट, डिजाइन ) र स्टार नेटवर्कको सहयोगमा बनेको हो ।

टेड कन्फ्रेन्सको सुरुवात फेब्रुअरि १९८४ मा भएको थियो । यो एउटा यस्तो अन्तरराष्ट्रिय मञ्च हो जहाँ, अलग–अलग विचार भएका ब्यक्तिले आफ्नो अनुभव शेयर गर्छन् ।कार्यक्रममा हरेक वक्ताले १८ मिनेटको समय पाउँछन् । जहाँ उनीहरुले आफ्नो अनुभव, आइडिया र विचार ब्यक्त गर्छन् । कार्यक्रमको उद्देश्य पर्दा भित्र रहेकालाई बाहिर ल्याउनु हो । प्रसिद्ध ब्यक्तिहरु मिडियामा खासै आउँदैनन् ।

उनीहरुको सोचलाई आजको यूवापुस्तामाझ शेयर गर्नु कार्यक्रमको मुख्य उद्देश्य हो । टेड टक्समा पूर्व अमेरिकी राष्ट्रपति बिल क्लिन्टिन, माइक्रोसफ्टका संस्थापक बिल गेट्स, अमेजनका संस्थापक जेफलगायत सहभागी भएका छन् । साहरुख आफैं पनि अघिल्ला कार्यक्रममा सहभागी भएका थिए ।

शाहरुखको यो शो आमिर खानको ‘सत्यमेव जयते’ पछि भारतीय टेलिभिजनवाट प्रशारण हुने सामाजिक सरोकारवाल मुद्दामा केन्द्रित शो मानिएको छ । हरेक आइतबार बेलुकी ७ बजे स्टार प्लसबाट प्रशारण हुने यो शोलाई सामाजिक संजालमा सुखद प्रतिक्रिया मिलेको छ । धेरैले भारतको टेलिभिजनमा यस्तो शो आवश्यक थियो भनेर प्रतिक्रिया दिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment