Comments Add Comment

जोशमा बाजी थाप्दा यस्तो आपत्


बोल्दैमा के हुन्छ र भनेर कहिलेकाहिँ हामी हावादारी कुरा पनि बोल्न पछि पर्दैनौं । तर साँच–विचार नगरी बोल्दा वा निर्णय लिँदा कहिलेकाहिँ फसाद पर्दोरहेछ ।

अमेरिकामा एकजना युवतीका लागि यस्तै जोशमा होस गुमाएर बाजी थाप्दा फसाद परेको छ ।

युनिभर्सिटी अफ अलाबामामा अध्ययनरत् २० वर्षकी एक युवती क्रिसमस आउँदै गर्दा अति उत्साहित भएर यस्तो बाजी थापिन् जसका कारण उनी समस्यामा परेकी छन् ।

केल्सी हल नामकी ती युवतीले अनौठो पहिरनसहितको आफ्नो एक तस्वीर ट्वीटरमा शेयर गरिन् । उक्त तस्वीर १ हजारपटक रिट्विट भएमा आफू ६ महिनासम्म सोही पहिरनमा रहने वाचा उनले गरिन् । जुन वाचा अन्ततः उनले पूरा गर्नुपर्ने भएको छ ।

केल्सी क्रिसमसको तयारीलाई लिएर अलिक बढी नै उत्साहित भइछन् । उनले इन्टरनेटमा क्रिसमस ट्री जस्तो ड्रेस पहिरिएको आफ्नो तस्वीर खिचाएर ट्वीट गर्दै त्यो बाजी थापेकी थिइन् । उनको बाजीमा कुनै समस्या थिएन, तर उनको पहिरनमा समस्या थियो । किनकि सोही पहिरन ६ महिनासम्म लगाइरहन साच्चीकै गाह्रो छ ।

केल्सीको त्यो च्यालेन्जलाई ट्वीटेहरुले निकै इन्ज्वाइ गरे र यति धेरै रिट्विट गरे कि त्यसले छिटै नै एक हजारको आँकडा पार गर्यो । ३ दिनमै उनको त्यो फोटो ३३ हजारपटक रिट्विट गरियो र अहिले ५५ हजार नाघिसकेको छ । यसले केल्सीलाई समस्यामा फसाइदिएको छ । अब उनी आउँदो ६ महिनासम्म क्रिसमस ट्रीको पहिरनमा कलेज जानुपर्नेछ ।

अहिले उनी सोही गेटअपटमा कलेज जान थालेकी छन् । वर्षा तथा हिमपातमा यस्तो कपडा लगाएर हिँड्दा आफुलाई निकै गाह्रो भइरहेको उनले बताएकी छन् । कलेजमा चाहिँ उनी आकर्षणकी केन्द्र बनेकी छन् ।

एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment