Comments Add Comment

युएर्इको अजमानमा काठमाडौं दरबार रेस्टुरेन्टको ‘मम स्ट्रिट’ सञ्चालन

डिसेम्बर/युएई । वैदेशिक रोजगारीका क्रममा युएई आउने नेपालीहरुको संख्या बढेसँगै नेपालीहरुलाई लक्षित गर्दै व्यवसाय गर्ने क्रम पनि बढिरेको छ ।

नेपालीहरुलाई लक्षित गर्दै केही नेपाली व्यवसायीले रेस्टुरेन्ट, ट्राभल, ज्वेलर्स, पार्लर तथा टेलर्स व्यावसायमा लगानी गरेका छन् । यसै क्रममा गत डिसेम्बर एकदेखि अजमानमा सञ्चालन सुरु भएको छ-‘मम स्ट्रिट’ ।

अजमानको केन्द्रमा रहेको काठमाडौं दरबार रेस्टुरेन्टले नयाँ सनैया लक्की राउन्ड अबाउट छेउमै रहेको अल मुबारक हाइपर मार्केटमा नयाँ शाखा ‘मम स्ट्रिट’ रेस्टुरेन्ट सन्चालन गरेको छ ।

स्याङ्जा घर भएका बेदप्रकाश पोखरेलले सन्चालन गरेको यो मम स्ट्रिटमा सस्तो र नेपाली स्वादमा मम पाइने सञ्चालक पोखरेलका दाबीे छ । ममका अतिरिक्त सुकुटी, आलु साँधेको, भटमास साँधेको, बेलपुरी, पानीपुरी, वाईवाई र चाट जस्ता नेपालीहरूले रुचाउने खानेकुरा पाइने सञ्चालक पोखेरलले जानकारी दिएका छन् ।

युएईका सात इमिरेट्स मध्ये तुलनात्मक रूपमा सस्तो र शान्त अजमान एरियामा काम गर्ने नेपालीहरुको संख्या १५ हजार नाघेको अनुमान गरिन्छ ।

जनमानमा जसरी नेपालीहरुको संख्या बढी रहेकोे छ, तिनै नेपाली हरुलाई लक्षित गर्दै नेपाली ब्यावसायीहरु आफ्नो व्यावसाय बिस्तार हुने सिलसिलमा मम स्टि्रट सञ्चालन गरेको पोखरेलले बताए ।

युएईमा आधिकारिक रुपमा करिब २ लाख पचास हजारको संख्यामा नेपाली रहेको तथ्य भए पनि भिजिट भिसामा आएर काम गर्ने र अन्य माध्यमबाट विभिन्न बहानामा यहाँ आएका नेपालीहरुलाई समेटदा करिब ४ लाखभन्दा बढी नेपालीहरु रहेको अनुमान गरिन्छ ।

नेपालीहरुलाई लक्षित गरी सञ्चालनमा आएका नेपाली व्यावसायीहरु पनि बढिरहेकै छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment