Comments Add Comment

प्रतिनिधिसभाका ५ सिटको मतपरिणाम आउन बाँकी

चार सिटमा एमाले र एकमा राजपाको अग्रता

२६ मंसिर,काठमाडौं । प्रतिनिधिसभाका १६५ निर्वाचन क्षेत्रमध्ये १६० क्षेत्रका परिणाम आउँदा ५ वटाको मात्र बाँकी छ । विवादका कारण रोकिएका सुनसरी ३ र सर्लाही ४ मा मतगणना शुरु गर्न निर्वाचन आयोगले निर्देशन दिइसकेको छ ।

कैलाली २ मा मतगणना विवादका कारण स्थगित छ । उता, कांग्रेसले बुथ कब्जा गरेको भन्दै पुनःमतदान माग गरेर वामपन्थी गठबन्धनले रोकेको स्याङ्जाको मतगणना जारी रहेको छ ।

स्याङ्जाका दुवै क्षेत्रमा एमालेका उम्मेदवारले अग्रता लिइरहेका छन् । क्षेत्र नम्बर १ मा एमालेका नारायण मरासिनी २३,७४४ मत पाएर अग्रता लिइरहदा कांग्रेसका राजु थापा १८ हजार ५३३ मत पाएर पछ्याइरहेका छन् ।

सो क्षेत्रको प्रदेशसभा क मा माओवादीका दिपक थापा बिजयी भइसकेका छन् । ख पनि एमालेका मीनवहादुर गुरुङको बिजय घोषणा हुने क्रममा छ ।

क्षेत्र नम्बर २ मा उपप्रधानमन्त्री तथा कांग्रेस नेता गोपालमान श्रेष्ठ एमालेकी पद्मा अर्यालभन्दा करीव ५ हजार मतले पछि परेका छन् ।

अर्याल २२ हजार १४० मतका साथ अग्रस्थानमा छिन् भने श्रेष्ठको १७ हजार ९६४ मत छ ।

कांग्रेसले बुथ कब्जा गरेको भनिएका चापाकोट नगरपालिकाका चार मतदान केन्द्रको मतगणनापछि सो क्षेत्रको परिणाम कसको पक्षमा जान्छ भन्न सकिनेछ । सो क्षेत्रको प्रदेशसभाका दुवै सिटमा बामपन्थी गठबन्धनका उम्मेदवार अगाडि छन् ।

गणना स्थगित भएर पुनः शुरु भएकाे सुनसरी ३ मा एमालेकी भगवती चौधरीको अग्रता छ । यद्यपि, सुनसरी क्षेत्र नं. ३ को मतगणना एमालले बहिष्कार गरेको छ ।

सर्लाही ४ मा राजपाका राकेश मिश्र र कैलाली २ मा एमालेका झपट रावलले अग्रता लिइरहेका छन् ।

अहिलेसम्म घोषणा भएका १६० सिटमध्ये एमालेले ७७ सिट जितेको छ । त्यस्तै माओवादी केन्द्रले ३६ सिट र कांग्रेसले २१ सिट जितेको छ ।

राष्ट्रिय जनता पार्टीले ११ सिट, संघीय फोरमले १० सिट र राप्रपा,राष्ट्रिय जनमोर्चा र नेपाल मजदूर किसान पार्टीले एक एक सिट जितेका छन् ।

हुम्लामा माओवादी नेता छक्कवहावदुर लामा स्वतन्त्र बनेर जितेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment