Comments Add Comment

घुस लिँदालिँदै विद्युत् प्राधिकरण पोखराका कर्मचारी पक्राउ

२६ मंसिर, पाेखरा । नेपाल विद्युत प्राधिकरण वितरण तथा ग्राहक सेवा केन्द्र मालेपाटन, पोखराका कर्मचारी घुस  लिँदालिँदै पक्राउ परेका छन् ।

मंगलबार  दिउँसाे सेवाग्राहीबाट २५ हजार रूपैयाँ घुस लिँदालिँदै इलेक्ट्रिक फोरम्यान चौथो तहका कर्मचारी र्इश्वरप्रसाद सुवेदी पक्राउ परेका हुन् ।

थ्रि फेज विद्युत मिटर जडानमा सुवेदीले घुसको बार्गेनिङ गर्दै २५ हजार रूपैयाँ चाहिने अडान लिएपछि अख्तियार अनुसन्धानको क्षेत्रीय कार्यालयमा उजुरी परेको थियो । उजुरीका आधारमा अख्तियारको विशेष टोलीले उनलाई रंगेहात पक्राउ गरेको अख्तियारले जनाएको छ ।

सुवेदीलाई नियन्त्रणमा लिइ थप अनुसन्धान भइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment