Comments Add Comment

सामाजिक सद्भाव भड्काएको अरोपमा इजिप्टकी पप स्टारलाई जेल चलान

सामाजिक सद्भाव खलबल्याएको आरोपमा इजिप्टको एक अदालतले पप गायिकालाई २ वर्षको जेल सजाय सुनाएको छ ।

२५ वर्षीया शायमा अहमद गत महिना पक्राउ परेकी थिइन् । उनीबिरुद्धको आरोप छ कि उनको म्युजिक भिडियो अश्लिल छ र यसले उत्तेजना भड्काइरहेको छ ।

उनले एक म्युजिक भिडियोमा भित्री बश्त्र लगाएर केरा खाइरहेको देखिएकी थिइन् ।

स्थानीय सञ्चारमाध्यमका अनुसार मंगलबार शायमालाई अश्लिल भिडियो छायांकन गर्ने आरोपमा दोषी ठहर गरिएको थियो ।

कदालतले यस भिडियोका निर्देशकलाई पनि २ वर्ष जेल पठाउन आदेश दिएको छ ।

यद्यपि शायनाले पक्राउ पर्नुभन्दा पहिले नै यसप्रति माफी मागिसकेकी थिइन् । उनले आफ्नो फेसबुक पेजमा लेखेकी थिइन्, ‘मैले सोचेकै थिइनँ कि यस्तो हुन्छ र मैले मानिसहरुबाट यस्तो हमला र गालीको सामना गर्नुपर्नेछ ।’ (यद्यपि यो बक्तव्य उनको पेजबाट डिलिट गरिएको छ ।)

शायमा अहमद आफ्नो एक म्युजिक भिडियोमा फलफुल खाइरहेकी देखिएकी थिइन् । साथै यस भिडियोमा उनी युवा छात्रहरुले भरिएको एक क्लासमा पढाइरहेको देखिएकी थिइन् ।

इजिप्टको जनता र अदालतलाई शायमाको फलफुल खाने तरिका अश्लिल र समाजका लागि हानिकारक लाग्यो । त्यसपछि उनलाई गिरफ्तार गरियो । साथै उनलाई सार्वजनिम समारोहमा कार्यक्रम गर्न रोक लगाइएको थियो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment