Comments Add Comment

झापामा क्यान्सर हस्पिटलको शिलान्यास

२७ मंसिर, झापा । झापामा क्यान्सर अस्पताल बन्ने भएको छ । बिर्तामोडस्थित बिएण्डसी हस्पिटलको हाताभित्रै क्यान्सरको उपचार गर्ने उद्देश्यले बुधबार हस्पिटलको शिलान्यास गरिएको हो ।

अत्याधुनिक उपचारसहित ३ सय शैयाको पूर्वाञ्चल क्यान्सर अस्पतालको शिलान्यास गरिएको हस्पिटलका कार्यकारी निर्देशक दुर्गा प्रसाईंले बताए ।

अढाई अर्ब रुपैयाँको लगानीमा हस्पिटल बन्न लागेको उनले जनाए । हस्पिटल बनेसँगै पूर्वाञ्चलवासीले क्यान्सरको उपचारका लागि अन्यत्र धाउनु पर्ने बाध्यता टर्ने प्रसाईंको भनाइ छ ।

जनसम्पर्क अधिकारी प्रमिश गिरीले ६ महिनाभित्रमा निर्माण सम्पन्न गर्ने लक्ष्यसहित १५ कठ्ठा जग्गामा निर्माण सुरु गरिएको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment