Comments Add Comment

नेतृत्वको राजीनामा समस्याको समाधान होइनः महामन्त्री कोइराला

२७ मंसिरचितवन । नेपाली कांग्रेसका महामन्त्री प्रा डा शशांक कोइरालाले कांग्रेस नेतृत्वको राजीनामा समस्याको समाधान नभएको बताएका छन् ।

गैँडाकोटस्थित आफ्नै निवासमा कुराकानी गर्दै कोइरालाले अहिलेको अवस्थामा खण्डित होइन एकीकृत हुनुपर्ने बताए ।

केन्द्रमा बृहत् छलफल गरेर पार्टीले रणनीति तयार गरी अघि बढ्ने भन्दै उनले भने, नेतृत्व परिवर्तनको विषयमा पहिला छलफल गरौंत्रुटि हेरौं त्यसपछि मात्रै कुरा आउँछ ।‘ नेतृत्वको राजीनामा हुनुपर्ने माग पनि उठेको छ नि भन्ने एक प्रश्नमा उनले भने, ‘अहिलेको समयमा परामर्श गरौंकांग्रेस शुद्धीकरण गरौं अनि निर्णय गरौं ।

निर्वाचनमा पराजय भएकामा आफू पनि जिम्मेवार भएको उनले बताए । अब कांग्रेसले के गर्छ भन्ने जिज्ञाशामा उनले भने, केन्द्रीय समितिमा छलफल हुन्छ । संगठनलाई अब चुस्त र दुरुस्त बनाउनतर्फ लाग्नुपर्छ । परिवर्तन गर्नुपर्छ भन्ने भनाइ हो ।‘ नले भने, क्रियाशील सदस्यता वितरण त्रुटिपूर्ण देखिन्छ त्यसमा ध्यान दिनुपर्छ ।

महामन्त्री कोइरालाले आउँदा दिनमा संगठनलाई सुदृढ गर्दै विधानमा समेत परिवर्तन गर्न आवश्यक रहेको बता ।

हार बेहोर्नुको मुख्य कारण वाम गठबन्धन र पार्टीभित्रको संगठन चुस्तदुरुस्त नभएको भन्दै उनले भने, हाम्रो गठबन्धन कमजोर भएका कारण हार बेहोर्नु परेको छ ।

महामन्त्री कोइरालाले अघि भने, ‘कांग्रेस समाप्त भएको छैन । गुटको अन्त्य गरेर सच्चिने काँग्रेसका लागि अन्तिम मौका हो ।

अहिले कांग्रेस हार्दा विश्वका विभिन्न देशले पनि चासो राखेको भन्दै कोइरालाले ७० वर्षको इतिहास बोकेको कांग्रेस हार्दा मित्रराष्ट्रहरु पनि चिन्तित बनेको बताए । उनले भने, भारतका नेताले अब तपाईंहरुको अवस्था हाम्रो देशको कांग्रेस आई को जस्तो नहोस् भन्दै हामीलाई समीक्षा गरेर अघि बढ्न सुझाव दिएका छन् ।

भारत र चीन दुवै देशसँगको सम्बन्ध वीपी कोइरालाले स्थापित गरेको भन्दै उहाँले आगामी दिनमा कांग्रेसले दुवै देश सँगको सम्बन्ध अरू सुमधुर बनाउने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment