Comments Add Comment

साओमीले नेपाली बजारमा ल्यायो ‘मी फोरके एक्सन क्यामेरा’

काठमाडौं । चिनियाँ स्मार्टफोन उत्पादक शाओमीले उत्पादन गरेको फोर के एक्सन क्यामेरा नेपाली बजारमा उपलब्ध हुन थालेको छ ।

शाओमीको नेपालका लागि आधिकारिक बिक्रेता भत्सल इम्पेक्सले अनलाइन तथा अफलाइन दुवै माध्यमबाट यो क्यामेरा नेपाली बजारमा किन्न सकिने जनाएको छ ।

यो क्यामेरामा फोर के भिडियो रेकडिङ, २.४ इन्चको टचस्क्रीन , १४५ लार्ज वाइड एंगल, ब्लुटुथ तथा दुइवटा माइक्रोफोन लगायतका सुबिधा भएको यो क्यामेरा जम्मा २४ हजार ९ सय ९९ रुपैयाँमा उपलब्ध हुने कम्पनीले जनाएको छ ।

यो क्यामेरा शाओमीका आधिकारिक सोरुमहरु पाको न्यूरोड, लबिम मल, दमकल चोक पुल्चोक तथा शाओमी नेपालको अनलाइनमार्फत् पनि किन्न सकिने छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment