Comments Add Comment

नेइमार रियल मड्रिड गए दुःखी हुनेछुः इनिष्टा

२८ मंसिर, काठमाडौं । बार्सिलोनाका कप्तान आन्द्रेस इनिएष्टाले स्वीकार गरेका छन् कि पूर्व टिममेट नेइमारले रियल मडि्रड जाने निर्णय लिए भने उनी निक्कै दुःखी हुनेछन् ।

यसै सिजन अनुबन्ध भएपछि नेइमार पेरिस सेन्ट जर्मेइनमा शानदार प्रदर्शन गरिरहेका छन् । तर, पछिल्लो समय नेइमारले रियल मडि्रडसँग सम्झौता गर्न सक्ने खबरहरु आइरहेको छ ।

‘हो, यस्तो भएमा म निक्कै दुःखी हुनेछु किनकि उनी निर्णायक खेलाडी हुन्’ उनले भने, ‘उनको आगमन भएमा हाम्रो चीरपरिचित प्रतिद्वन्द्वी निक्कै बलियो हुनेछ ।’

‘फुटबलमा जे पनि सम्भव हुन्छ र हामीले देखिसकेका छौं कि धेरै असम्भव लाग्ने कुराहरु वास्तविक बनिसकेका छन् ।’

क्याम्प नाउमा जाभियर मास्केरानोको भविश्य अनिश्चित बनेको छ, यसै सिजनको अन्त्यदेखि उनको सम्झौता सकिँदैछ र सम्झौता थप्नेबारे अहिलेसम्म कुनै प्रगति भएको छैन । यसबारेमा इनिएष्टाले भनेका छन् कि उनी मास्केरानोको बहिर्गमन चाहँदैनन् ।

‘म जाभियर यहीँ रहुन् भन्नेे चाहन्छु, उनी हाम्रो टिमका निक्कै महत्वपूर्ण सदस्य हुन् ।’

रियल मड्रिडका पोर्चुगित स्टार क्रिष्टियानो रोनाल्डोले पाचौं पटक बेलोन डि’ओर को उपाधि जित्दै लियोनल मेस्सीको कीर्तिमान बराबरी गरेकोबारे इनिएष्टाले भनेका छन्, ‘रोनाल्डो यसपटक अवार्डको हकदार थिए’ उनले भने, ‘मलाइ लाग्छ यस अवार्ड सधैं निश्पक्ष हुन्छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment