Comments Add Comment

नेप्सेमा आगलागीले ६५ लाख क्षति


२८ मंसिर, काठमाडौं । बुधवार राति करिब ९ बजेर ३० मिनेटमा नेप्सेको भवनमा भएको आगलागीले लगभग ६५ लाख रुपैयाँ बराबरको क्षति भएको प्रारम्भिक अनुमानमा देखिएको छ ।

‘लगभग ६५ देखि ७० लाख क्षति भएको अनुमान गरेका हौं, तर बीमा कम्पनीले अवलोकन गरेर गएको छ, उसको रिपोर्ट आएपछि वास्तविक क्षति आउला,’ नेप्सेका एक उच्च अधिकारीले भने । नेप्सेले शिखर इन्स्योरेन्स कम्पनीमा बीमा गराएको छ ।

नेप्सेको दोस्रो तल्लामा भएको आगलागीबाट ४ वटा एसी, दर्जन बढि कम्प्युटर, केही थान कुर्सी, फनिर्सिङ र आन्तरिक वायरिङमा आगोबाट क्षति भएको छ । नेप्सेको भवनको सिलिङमा ढलानको बिकल्पमा फलामका पाताहरुको प्रयोग भएको छ । त्यसमा प्रयोग गरिएको फनिर्सिङ पानी र आगोले क्षति पुग्ने किसिमको रहेकोले तल्लो तल्लाको सिलिङमा आगो निभाउन प्रयोग भएको पानीको कारण क्षति पुगेको छ ।

नेप्सेको भवनमा नै रहेको सर्भरमा भने कुनै समस्या नरहेको नेप्सेले उल्लेख गरेको छ । विद्युत आपुर्तीमा समस्या हुँदा मात्रै कारोबार ढिलो सुरु भएको नेप्सेले उल्लेख गरेको छ । लगानीकर्ताको सेयर स्वामित्व सम्बन्धि तथ्यांकहरु सबै सुरक्षित रहेको नेप्सेले बताएको छ ।

‘केही घरेलु नामसारीका कागजातहरु जलेर नष्ट भएका छन्, तर ती ५ वर्ष अगाडीका रहेकाले समस्या पर्ने देखिदैन्,’ नेप्सेमा अधिकारीले बताए ।

बिहीवार १ बजेबाट सेयर कारोबार भएकोले ५ बजेसम्म कारोबार खुल्ने भएको छ । साविकका दिनमा बजार ११ बजेदेखि ३ बजेसम्म खुल्ने गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment