Comments Add Comment

प्रभु लाइफको बिहीवारदेखि औपचारिक कारोबार, परम्परागत बीमा बजारभन्दा माथि उठ्ने उद्घोष

२८ मंसिर, काठमाडौं । प्रभु लाइफ इन्स्योरेन्स लिमिटेडले बिहीवारदेखि कारोबार सुरु गरेको छ । बीमा समितिका अध्यक्ष चिरञ्जिबी चापागाईँले विहिवार एक कार्यक्रमकाबीच सेवा शुभारम्भ गरे । नेपालको इमर्जिङ समूह प्रभु समूह, प्रभु बैंक, सांग्रिला विकास बैंक र मुलुकका अन्य प्रतिष्ठित व्यवसायिक समूहको लगानी रहेको प्रभु लाइफले बीमा बजारलाई ग्रामिण तहसम्म पुर्याउने लक्ष्य लिएको छ ।

कार्यक्रममा बीमा समितिका अध्यक्ष चिरञ्जिवी चापागाईले दश वर्षको अवधिमा अर्थतन्त्रमा धेरै परिवर्तन आएको बताउँदै सम्भाब्य बजार धेरै भएकाले थप नयाँ बीमा कम्पनीलाई अनुमति दिएको बताए ।

नयाँ बीमा कम्पनी सञ्चालनमा आउँदा थप रोजगारी पाउने र बीमा बजारलाई पनि विस्तार गर्न सघाउ पुर्याउने दाबी गरे । प्रभु समूहका अध्यक्ष देवीप्रकाश भट्टचनले निर्वाचनपछि राजनीतिक संंक्रमण सकिएको बताउँदै अर्थतन्त्रले समेत नयाँ उचाई लिने र बीमा बजार पनि गतिशील हुने अपेक्षा गरे ।

‘हामी जीवन बीमा बजारमा केही नयाँ गर्न आएका हौं । जीवन बीमा क्षेत्रमा हामीले छुट्टै स्थान बनाउनेछौ,’ उनले दाबी गरे । अहिल जीवन बीमाको बजार विस्तारसँगै यसलाई परिपक्व र गतिशिल बनाउने योजना आफ्नो संस्था आएको उनको दाबी छ ।

कम्पनीका अध्यक्ष रामबहादुर पाण्डेले जीवन बीमालाई गाउँसम्म पुर्याउने उदेश्यसहित कम्पनी स्थापना भएको बताए ।

‘हामी शहरसँगै गाउँसम्म जीवन बीमा विस्तार गर्नेछौं । गाउँका किसानदेखि साना व्यापार गर्नेसम्मलाई लक्षित गरेर बीमा पोलिसी ल्याउनेछौं,’ पाण्डेले भने ।

पाण्डेले दश वर्षको धैर्य र नौ महिनाको अथक परिश्रमपछि कम्पनी कारोबारको अवस्थामा आएको उल्लेख गरे ।

सांग्रिला डेभपलपमेन्ट बैंकका अध्यक्ष डा रविन्द्रप्रसाद श्रेष्ठले सांग्रिला बैंकले नयाँ क्षेत्रमा हात हाल्ने मौका पाएको बताउँदै यसले बीमा बजारमा छुट्टै स्थान बनाउनेमा विश्वास व्यक्त गरे ।

कार्यक्रममा प्रभु इन्स्योरेन्सकी अध्यक्ष कुसुम लामा, प्रभु बैंकका प्रमुख कार्यकारी अधिकृत अशोक शेरचन र सांग्रिला डेभलपमेन्ट बैंकका प्रमुख कार्यकारी अधिकृत राजेन्द्रप्रसाद पौडेल लगायतकाको उपस्थिति रहेको थियो । दुई अर्ब चुक्ता पूँजी रहेको प्रभु लाइफ इन्स्योरेन्स कम्पनीमा संस्थापक सेयरधनीले १ अर्ब ४० करोड लगानी गरेका छन् । कम्पनीले केही समयभित्रै चालिस करोड रुपैयाँ बराबरको साधरण सेयर जारी गर्नेछ ।

कम्पनीले अमूल्य जीवन बीमा (आजीवन बीमा) र सम्बृद्ध जीवन बीमा (सावधिक बीमा) योजना सञ्चालनमा ल्याएको छ ।

अमूल्य जीवन बीमा योजना अन्तर्गत बीमा समाप्ति मितिसम्म बीमित जीवित रहेमा बीमांक रकम र आर्जित बोनस एकमुष्ठ प्रदान हुनेछ । बीमा लेख परिपक्व भएपछि बीमा शुल्क भुक्तानी गर्नु नपर्ने र तत् पश्चात कुनै पनि समयमा बीमितको मृत्यु भएमा इच्छाइएको व्यक्तिलाई एक मुष्ठ बीमाङ रकम दिइने कम्पनीले बताएको छ । यस्तो बीमा गर्ने बीमित १०० बर्ष सम्म जीवित रहेमा सो अवसरमा एकमुष्ठ बीमांक रकम पुनः भुक्तानी गरिनेछ ।

बीमा समाप्ति मिति अगावै बीमालेख चालु रहेको अवस्थामा बीमितको मृत्यु भएमा बीमांक रकम र आर्जित बोनस एकमुष्ठ बीमालेख अन्तर्गत इच्छाइएको व्यक्तिलाई प्रदान गरिनेछ ।

त्यस्तै, सम्बृद्ध जीवन योजना अन्तर्गत बीमा समाप्ति मितिसम्म बीमित जीवित रहेमा बीमांक रकम र आर्जित बोनस एकमुष्ठ प्रदान गरिनेछ । बीमा समाप्ति मिति अगावै बीमालेख चालु रहेको अवस्थामा बीमितको मृत्यु भएमा बीमांक रकम र आर्जित बोनस एकमुष्ठ बीमालेख अन्तर्गत इच्छाइएको व्यक्तिलाई प्रदान गरिनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment