Comments Add Comment

प्रधानसेनापति तेस्रो खुल्ला म्याराथन माघमा, विजेतालाई १ लाख

२७ मंसिर, काठमाडौं । सेना दिवसको अबसरमा आगामी माघ २७ गते काठमाडाैंमा प्रधानसेनापति तेस्रो खुल्ला म्याराथुन प्रतियोगिता हुने भएको छ ।

नेपाली सेनाले विहीबार काठमाडांैमा पत्रकार सम्मेलन गरी दिएको जानकारी अनुसार म्याराथनको विजेताले नगद १ लाख र उपविजेताले ५० हजार पुरस्कार पाउनेछ ।

त्यस्तै तेस्रो हुनेले २५ हजार, चौथो हुनेले १५ हजार, पाँचौं हुनेले ७ हजार र छैटौं हुनेले ५ हजार पुरस्कार पाउनेछ ।

प्रतियोगिता अन्तरगत ४२ किलोमिटर १९५ मिटर म्याराथन दौडमा पुरुष धावकहरुको सहभागितामा हुनेछ । त्यसैगरी २१ किलोमिटरको हाफ म्याराथनमा ४५ वर्षमाथिका पुरुष महिला सहभागी हुनेछन । ५ किलोमिटरको म्याराथुन दौडमा भने विद्यालयका छात्रछात्रा, उपत्यका भित्रका सैनिक विद्यालयहरुका सैनिक अधिकृत तथा सकल दर्जाका छोराछोरीहरुले प्रतियोगितामा भाग लिन पाउनेछन् ।

हाफ म्याराथनतर्फ प्रथम हुनेलाई २५ हजार, दोस्रो हुनेलाई १५ हजार, तेस्रो हुनेलाई १० हजार नगद पुरस्कार दिइने पनि नेपाली सेनाले जनाएको छ ।

विद्यालय तहका छात्रछात्रा तर्फको ५ किलोमिटरको दौड प्रतियोगितामा प्रथम हुनेलाई ७ हजार, दोस्रो हुनेलाई ५ हजार र तेस्रो हुनेलाई ३ हजार नगद पुरस्कार दिइनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment