Comments Add Comment

चर्को आवाजमा डर लाग्छ ? यस्तो छ कारण र समाधान

कतिलाई चर्को आवाज वा ध्वानीसँग डर लाग्छ । यस्तो आवाजको गुञ्जनमा शरीर काँप्छ । पसिना छुट्छ । यो एक किसिमको समस्या हो । किनभने, सबैलाई यस्तो हुँदैन । चर्को आवाजसँग डराउने समस्यालाई अकूस्टिकोफोबिया भनिन्छ ।

यसकारण खतरनाक

रोगले गम्भीर रुप लिएको अवस्थामा मुटुको धड्कन बढ्ने, सास फुल्ने, मुख सुक्ने, वा एन्जाइटी एट्याक पनि हुन सक्छ ।

कसलाई खतरा ?

जो मानिसहरु अत्यधिक तनावग्रस्त वा चिन्तित रहन्छन्, उनीहरुलाई यो रोग लाग्ने अधिक खतरा हुन्छ । कुनै पनि फोबियाको पछाडि केही न केही कारण अवश्य हुन्छ । यो कुनै विशेष घटना, बाल्यकालका खराब स्मृति इत्यादिसँग जोडिएको हुन सक्छ । परिवारको इतिहास र पालनपोषणको अवस्थाले पनि यसमा ठूलो भूमिका खेल्छ ।

किन हुन्छ यस्तो ?

यस्तो माहोलमा हुर्किएकोछ जहाँ ठूलो आवाजलाई मन पराइदैन, भने अन्यत्र कतै ठूलो आवाज सुन्दा अत्तालिनु स्वभाविक हुन जान्छ । यसको अर्को मुख्य कारण हो दुर्घटना । कुनै ठूलो दुर्घटनामा परेको अवस्थामा वा कुनै दुर्घटनामा चर्को आवाज आएको छ, भने भविष्यमा यस्तो आवाजले तर्साउँछ ।

जसको श्रवण शक्तिमा कमजोरी, उनीरुलाई पनि यो रोग हुन सक्छ किनकी उनीहरुलाई लाग्छ कि ठूलो आवाजका कारण उनीहरु पूर्णरुपमा बहिरो हुन सक्छन् ।

 समाधान के ?

यस बिमारीको उपचारका लागि महिले रोगीलाई शान्त माहोलमा राख्नुपर्छ र अरुले हौसला दिनुपर्छ । गम्भीर अवस्थामा उनीहरुलाई तनाव कम गर्ने औषधि दिएर उपचार सुरु गरिन्छ ।

सोचिएजस्तो, दवाई सँधै खाइरहनु पर्दैन । तर, सुरुमा खानुपर्छ । त्यसपछि सिस्टमेटिक डिसेन्सिटाइजेसन टि्रटमेन्ट गर्न सकिन्छ । यसमा रोगीलाई पहिले सानो सानो र पछि बढाउँदै ठूलो आवाज सुनाइन्छ । रोगीलाई बिहेबियरल साइकोथेरापी सेसन्स पनि दिइन्छ जसअन्र्तगत मनोविदले रोगीको डरको कारण पत्ता लगाएर त्यसलाई भगाउने प्रयत्न गर्छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment