Comments Add Comment

पर्यावरण संरक्षणका लागि सहकार्य गर्न सरोकारवाला सहमत

२८ मंसिर, वीरगञ्ज । पर्यावरण संरक्षणमा सबै पक्षको सहकार्य आवश्यक रहेकोमा सरोकारवालाहरु सहमत भएका छन् । वातावरण मन्त्रालयद्वारा वीरगञ्जमा विहीबार आयोजित क्षेत्रीय कार्यशाला गोष्ठीमा बोल्ने वक्ताहरुले पर्यावरण संरक्षणमा सरकारी निकायको मात्रै भर परेर नहुने सबै पक्ष जुट्नुपर्ने बताए ।

कार्यक्रममा बोल्दै जनंख्या तथा वातावरण मन्त्रालयका सहसचिव रामेश्वर दंगालले पर्यावरण संरक्षणका लागि सबैले स्वामित्व लिनुपर्ने बताए । ‘सरकारको भर परेर मात्रै हुँदैन, घरबाट पर्यावरण संरक्षणको सुरुवात गर्नुपर्छ, त्यसपछि देश र विश्वको पर्यावरण संरक्षण हुन्छ ।’ दंगालले भने ‘ पर्यावरण संरक्षण आफ्नै लागि हो भनेर सोच्नुपर्छ । आफ्नो बालबच्चाको लागि हो भनेर सोच्नुपर्छ ।’ पर्यावरण संरक्षण नभए मानव जीवनको अस्तित्व नरहने कुरालाई भुल्न नहुने उनको भनाई छ ।

कार्यशाला गोष्ठीमा मन्त्रालयकै राष्ट्रिय कार्यक्रम संयोजक डा भुपेन्द देवकोटाले राष्ट्रिय कार्यान्वयन योजना, चीर स्थायी जैविक प्रदुषणका बारेमा जानकारी गराएका थिए ।

कार्यपत्र प्रस्तुत गर्दैै डा देवकोटाले रसायनहरु खतरनाक हुने भएकोले त्यसबाट आफूपनि बच्नुपर्ने र सन्ततीलाई पनि बचाउनुपर्नेमा जोड दिए । ‘नेपालमा एउटा पनि रसायन उत्पादन गर्ने उद्योग छैनन्, तर हामीकहाँ विभिन्न माध्यमबाट आयात भएका छन् ।’ उनले भने ‘सेकुवा बनाउँदा होस वा तरकारी पकाउँदा हामीले विचार पुर्‍याएनौं भने रसायन उत्पादन हुन्छ । त्यसले हामीलाई क्यान्सर पनि हुन सक्छ ।’

कार्यक्रममा जनसंख्या तथा वातावरण मन्त्रालयका सिनियर डिभिजन ईन्जिनियर विपिन राजभण्डारीले वातावरण व्यवस्थापनका लागि नेपालमा भएका प्रयासहरुको बारे जानकारी गराए । नेपालमा पुराना उद्योगहरुले वातावरण संरक्षणलाई ध्यान नदिएको उनको भनाई छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment