Comments Add Comment

यसकारण हराउन सक्छ आँखाको ज्योति, कसरी बचाउने ?

आँखा भएन भने के होला ? यो प्रश्नले समेत हाम्रो शरीरमा कम्पन पैदा गर्छ । जब आँखाको दृष्टि कमजोर हुन्छ, हाम्रो दिनचर्या पुरै परिवर्तन हुन्छ । हामी चाहे जसरी शारीरिक काम गर्न सक्दैनौ, हिँड्न सक्दैनौ । आँखा शरीरको यस्तो अंग हो, जसको अनुपस्थितीमा हामी संसार नियाल्न सक्दैनौ ।

अति संवेदनसिल अंग पनि हो, आँखा । यसको दृष्टि कुनैपनि बेला गुमाउन सकिन्छ । आँखामा लाग्ने चोट वा जन्मजात समस्याले मात्र होइन, हाम्रो खराब जीवनशैलीले पनि आँखालाई कमजोर तुल्याइदिन्छ ।

आधुनिकताले आँखालाई संकट

वर्तमान युग आँखाको लागि अनुकुल छैन । यसमा अनेकन कारण छन् ।

१. टेलिभिजन, कम्प्युटर, मोवाइल, ट्याब हाम्रो जीवनकै हिस्सा बनेको छ । हामी बाह्रै घण्टा टिभी हेर्छौ, कम्प्युटर चलाउँछौ, मोवाइल प्रयोग गर्छौ । यो आँखाको लागि प्रतिकुल हुन्छ ।

२. प्रदूषणको कारण पनि आँखामा असर गर्न सक्छ ।  अहिले हामी जहाँ उभिएका छौ, त्यहाँ धूलो, धुँवा फैलिएको छ । यसको सोझो असर आँखामा पर्छ ।

३. खानपानको कारण पनि आँखामा समस्या आउन सक्छ ।

के छ त उपचार ?

आँखामा समस्या आइसकेपछि त्यसको उपचार खोज्नुपर्छ । चस्मा लगाउने हो वा शल्यक्रिया गर्ने ? त्यो आँखाको समस्या अनुसार रोज्न सकिन्छ । यद्यपी आँखामा समस्या आएर उपचार गर्नुभन्दा समस्या आउन नदिनु उत्तम हो । यसका लागि हाम्रो जीवनशैली बदल्नुपर्छ ।

१. राम्रो खानपान

खानपान पेट भर्नका लागि मात्र होइन, शरीर स्वस्थ राख्न पनि हो । आँखाको स्वास्थ्यमा पनि खानपानले ठूलो प्रभाव पारेको हुन्छ ।  हामीले आफ्नो खानामा माछा, पालुंगो, फल तथा हरियो सागलाई समावेश गर्‍यौं भने आँखा सुख्खा रहने समस्या समाधान हुन्छ ।

२. आँखा झिम्क्याइरहने

परेला झिम्क्याइरहनुले आँखालाई स्वस्थ राख्न सहयोग गर्छ । यसबाट आँखा ताजा र तनावमुक्त रहन्छ । कम्प्युटरको प्रयोग गर्ने व्यक्तिहरु आफ्नो आँखा कम झिम्क्याउँछन् । यस्ता व्यक्तिहरुले हरेक सेकेन्डमा आफ्नो आँखा झिम्क्याउनु आवश्यक हुन्छ ।

३. आँखाको व्यायाम

आँखाका केही व्यायामहरु गरेर पनि आँखालाई स्वस्थ राख्न सकिन्छ । यसका लागि आफ्ना दुवै हत्केलालाई आपसमा रगड्नुस र जब हत्केला तातो हुन्छ, त्यसलाई हल्का रुपमा आँखामाथि राख्नुस । यसो गर्दा आँखाको तनाव कम हुन्छ ।

४. पानी छर्कने

समय-समयमा सफा पानीले आँखा धोइरहनुस । यसबाट आँखामा डिहाइड्रेसन हुन पाउँदैन र स्वस्थ रहन्छ । बाहिरबाट घर फर्केपछि मुख धुँदा आँखामा पानी छम्किने बानी गरौं ।

५.  नियमित जाँच

आँखा कमजोर भएका व्यक्तिहरुले नियमितरुपमा आफ्नो आँखाको जाँच गराउनुपर्छ । आँखाको प्रकाश  ठिक छ र पढ्न-लेख्न कुनै कठिनाई भइरहेको छैन भने पनि वर्षमा कम्तिमा एक पटक आँखाको जाँच अवश्य गराउनुपर्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment