Comments Add Comment

एमाले नेता ज्ञवालीले भने- प्रधानमन्त्रीज्यू राजीनामा दिएर मार्ग प्रसस्त गर्नुस्

२८ मंसिर, गुल्मी । नेकपा एमालेका सचिव प्रदीप ज्ञवालीले नेपाली कांग्रेसका सभापति एवम् प्रधानमन्त्री शेर बहादुर देउवालाई राजीनामा दिएर नया सरकारको गठनको मार्ग प्रसस्त गर्न आग्रह गरेका छन् ।

विहीवार गुल्मीको कालीगण्डकी गाउँपालिकामा मातादातालाई धन्यबाद दिने कार्यक्रममा गुल्मी क्षेत्र नम्बर १ बाट निर्वाचित सांसद ज्ञवालीले निर्वाचनलाई स्वीकार गर्दै प्रजातान्त्रिक संस्कार देखाउन देउवालाई अपील गरेका छन् ।

ज्ञवालीले कामचलाऊ सरकारलाई दीर्घकालीन महत्व राख्ने निर्णय नगर्न चेतावनी दिँदै निर्वाचनको आचारसंहिता लागू भएपछि गरेका निर्णय बामपन्थीको नयाँ सरकारले खारेज गर्ने बताए । अब बन्ने सरकारले भ्रस्टाचार न्यून गर्ने, आर्थिक सम्बृद्धि र बिकास गर्ने, देशभित्रै रोजगार सृजना गर्ने, महिला, जनजाति र पछाडि पारिएका वर्गको उत्थान गर्ने बताए ।

उनले छिमेकीसँग सह-अस्तित्वको रुपमा व्यावहार गर्ने बताए । ज्ञावालीले भने ‘हामी दुई राष्ट्रका बिचमा सन्तुलित सम्बन्ध कायम राख्दै अगाडी बढ्न चाहान्छौ, हामी त्यसैले पनि अब कसैसँग झुक्नुपर्ने, डराउनुपर्ने आवश्यकता छैन ।’ उनले थपे ‘अब वामपन्थी सरकार गठबन भइ देशमा भएका विकृति, विसंगति हटाउदै समृद्ध नेपालको निर्माण गर्नेछौ ।’

उनलेे अबको १० वर्ष भित्र बृद्धवुवा आमा रुवादैँ बिदेश जानुपर्ने लहर अत्य गर्ने बताए । ‘एक दिन यस्तो दिन आउने छ’, नेपाली दुतावासमा भिषा लिन आउने अमेरिकन, जापानी, युरोपियनलाई हाम्रो नेपाली अफिसरले सोध्नेछन् । ‘तिम्लाई नेपाल जाने भिषा त दिउला तर नेपालमै लुकेर बस्दैनौ भन्ने ग्यारेण्टी के ? हामी त्यो ढङ्गले बिकास गरेर अघि वढ्नेछौं ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment