Comments Add Comment

ईपीएल क्रिकेटका लागि आईसीसीले दियो अनुमति

२८ मंसिर, काठमाडौं । अन्तराष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी)ले एभरेष्ट प्रिमियर लिग (ईपीएल) क्रिकेटका लागि अनुमति दिएको छ ।

अब नेपाली राष्ट्रिय टोलीका सदस्यहरुका साथै विदेशी खेलाडीहरुले पनि लिग खेल्न पाउनेछन् ।

नेपालको क्रिकेट संघ निलम्बनमा रहेकाले यो लिगका लागि आईसीसीको अनुमति जरुरी थियो ।

ईपीएल आयोजकले आईसीसीलाई मन्जुरी शूल्क बापत २० हजार अमेरिकी डलर तिर्नु पर्नेछ, जुन नेपाली क्रिकेटको विकासमा खर्च हुनेछ ।

साथै आईसीसीले दिएको अनुमति यो वर्षका लागि मात्र हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment