Comments Add Comment

आज यस वर्षकै सबैभन्दा जाडो, अझै घट्छ तापक्रमः मौसमविद


२९ मंसिर, काठमाडौं । आज यो वर्षकै सबैभन्दा चिसो दिनको रुपमा रेकर्ड भएको छ । मौसमविद शान्ति कँडेलका अनुसार शुक्रबार विहान साढे ६ बजेको रेकर्डअनुसार काठमाडौंको तापक्रम ३.२ डिग्री सेल्सियस छ ।

उनको भनाइअनुसार यो सन् २०१७ कै सबैभन्दा कम तापक्रम हो ।

काठमाडौं उपत्यकालगायत पहाडी क्षेत्रमा तापक्रम क्रमशः घट्दै गएको छ । अब केही दिन अझै चिसो बढ्दै जाने कँडेलले बताइन् ।

पूर्वी र पश्चिम तराइमा पनि जाडो क्रमशः बढेको छ । शुक्रवार पश्चिम तराइका केही भेगमा लागेको हुस्सु दिउँसोसम्म पनि थियो । अब हुस्सु लाग्नेक्रम पूर्वी तराईमा समेत बढ्दै जाने मौसमविद कँडेलको भनाई छ । पश्चिमी वायुको प्रभावले अब केही दिन अझै जाडो बढ्ने सम्भावना रहेको उनले बताइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment