Comments Add Comment

सुनकोसीमा जीप खस्यो, विस्तृत विवरण आउन बाँकी

२९ मंसिर, काभ्रे । जिल्लाको भुम्लु गाउँपालिका-१० मा शुक्रबार बिहान जीप दुर्घटना भएकाे छ । बा ३ च ६७८७ नम्बरको जीप अन्दाजी ५० मिटर तल सुनकोशी नदिमा खसेको हो ।

जिल्ला प्रहरी कार्यालय काभ्रेले सुनकोशी नदिमा डुबिरहेको अवस्थामा जीप फेला परेको जनाएको छ ।

जीपमा सवार यात्रु र गन्तव्यबारे केही खुलेको छैन ।

नेपाल प्रहरीका डीएसपी महेन्द्र मरासिनीले दुर्घटनाको विस्तृत विवरण प्राप्त हुन नसकेको बताए ।

उद्धारका लागि सुरक्षाकर्मीको टोली घटनास्थल पुगिसकेको छ । प्रहरी घटनास्थलमा एउटा मोबाइल सेट फेला पारेको जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment