Comments Add Comment

धनगढीमा सुदूरपश्चिम महोत्सव, १५ करोड कारोबार हुने अपेक्षा

२९ मंसिर, कैलाली । कैलाली उद्योग वाणिज्य संघको आयोजनामा हरेक वर्ष हुँदै आइरहेको ‘सुदूरपश्चिम महोत्सव’ आजबाट धनगढीमा सुरु हुँदैछ । महोत्सव आगामी पुस १० गतेसम्म चल्ने आयोजकले जनाएको छ ।

हरेक वर्ष मंसिर २२ देखि पुस २ गतेसम्म हुँदै आएको महोत्सव यसपटक प्रदेश र प्रतिनिधिसभा निर्वाचनका कारण केहि पर सरेको कैलाली उद्योग वाणिज्य संघका अध्यक्ष शंकर बोगटीले जानकारी दिए ।

संघीय प्रहरी इकाई कार्यालयको मैदानमा आयोजना हुने ‘सुदूरपश्चिम महोत्सव’ मा २ सय ५० स्टलहरु राखिएको छ । अध्यक्ष बोगटीले महोत्सवलाई करिब ५ लाख दर्शकहरुले अवलोकन गर्ने र महोत्सव अवधिभर करिब १५ करोडको आर्थिक कारोबार हुने अपेक्षा गरिएको बताए । महोत्सव सञ्चालनका लागि करिब ८० लाख रुपैयाँ खर्च लाग्ने अनुमान गरिएको छ ।

महोत्सवको नवनिर्वाचित सांसद नारदमुनी रानाले उदघाटन गर्ने आयोजक कैलाली उद्योग वाणिज्य संघले जानकारी दिएको छ ।

महोत्सवमा राष्ट्रिय तथा स्थानिय कलाकारहरुको प्रस्तुतिका साथै सात नम्बर प्रदेशका विभिन्न कला र संस्कृति झल्कने झाँकीहरु प्रस्तुत गरिने छ । महोत्सवमा विभिन्न खानाका स्टलहरु, घरेलु उद्योगमा निर्मित विभिन्न सामाग्रीहरुका साथै बालबालिकाहरुका लागि रमाइलो मेलाको व्यवस्था गरिएको छ ।

‘दिगो शान्तिका लागि आर्थिक समृद्धि’ भन्ने मुल नाराका साथ २०६३ सालदेखि कैलाली उद्योग वाणिज्य संघले हरेक वर्ष महोत्सव आयोजना गर्दै आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment