२९ मंसिर, काठमाडौं । बंगलादेशको म्यानमारमा भड्किएको हिंसामा एक महिनाको अवधिमा ६ हजार ७ सय रोहिंग्या मुसलमान मारिएको डाक्टर्स विदाउट बोर्डर्स (एमएसएफ)ले जनाएको छ । बंगलादेशमा शरणार्थीहरुमा गरिएको सर्भेको अधारमा यो तथ्यांक सार्वजनिक गरिएको हो ।
एमएसएफले भनेको छ, ‘यो म्यानमारको सुरक्षा बलले व्यापक हिंसा गरेको स्पष्ट संकेत हो ।’
म्यानमारका सेनाले हिंसाका लागि चरपमन्थीलाई दोष दिएको छ भने आफ्नो तर्फबाट कुनै प्रकारको हिंसा नभएको दावी गरेको छ ।
एमएसएफका अनुसार अगस्टदेखि अहिलेसम्म साढे ६ लाख रोहिंग्या मुसलमान भागेर बंगलादेश आएका छन् ।
एमएसएफको यो रिपोर्टले अन्तर्राष्ट्रिय अपराध न्यायालयमा मुद्दा दायर गर्ने सम्भावना पैदा भएको बीबीसीले लेखेको छ ।