Comments Add Comment

कांग्रेसको धम्कीको राजनीतिलाई जनताले सबक सिकाएः महतो

२९ मंसिर, जनकपुर । राष्ट्रिय जनता पार्टीका नेता एवं धनुषा-३ बाट निर्वाचित सांसद राजेन्द्र महतोले कांग्रेस डर धम्कीको राजनीतिक गरिरहेको आरोप लगाएका छन् ।

चुनावको समयमा समेत कांग्रेसले यस्तै चरित्र देखाएको कारणले जनताले सबक सिकाएको नेता महतोले बताए ।

जनकपुरमा आयोजना गरिएको पत्रकार सम्मेलनमा बोल्दै महतोले कांग्रेसको चरित्रमा सुधार नआएको अवस्थामा जनताले फेरि पनि यस्तै जवाफ दिने भन्दै सुध्रिन आग्रह गरे ।

मधेसका जनताले आफ्नो अधिकार चाहेको बताउदै उनले कांग्रेसको डर धम्कीबाट नडराउने बताए । ‘कांग्रेसलाई म डर धम्कीको राजनिति बन्द गर्न आग्रह गर्छु होइन भने जनताले फेरि यसको जवाफ दिने छन् ।’

जनकपुर मधेसको केन्द्र बिन्दु रहेको कारणले गर्दा जनकपुरलाई राजधानी बन्नबाट तत्काल कसैले रोक्न नसक्ने बताए ।

महतोले तत्तकाल अस्थायी जनकपुरलाई तोकेर अगाडि बढ्नुपर्ने बताउँदै यसमा एमालेले भाजो हाल्ने कार्य बन्द गर्नुपर्ने बताए ।

मधेस गठबन्धनको बैठकले प्रदेशमा सरकार बनाउने बताउँदै यसमा कुनैपनि प्रकारको विवाद समेत नहुने उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment