Comments Add Comment

७३ जिल्लामा चुनावको मैझारो, ४ जिल्लाको गणना धमाधम चल्दै

३० लाख मतका साथ एमाले अग्रता यथावत, विवेकशीलले २ लाख कटायो

२९ मंसिर, काठमाडौं । निर्वाचन आयोगले ७३ जिल्लाको मतगणना सकाएको छ । प्रत्यक्षतर्फको मतगणना बुधबार नै सकाएको आयोगले शुक्रबार चुनावको मैझारो गर्नेगरी समानुपातिकतर्फको बाँकी गणना भइरहेको जनाएको छ ।

आयोगका अनुसार, ८८ लाख ३५ हजार ८ सय ६८ मतको गणना सकिएको छ ।

सुनसरीको क्षेत्र नं. २ र ३, सर्लाहीको क्षेत्र नं. २ र ३, सुर्खेतको क्षेत्र नं. १ र कैलालीको क्षेत्र नं. १ को मतगणना यतिबेला भइरहेको छ ।

आयोगको सूचना प्रणाली व्यवस्थापन शाखाबाट प्राप्त पछिल्लो विवरण अनुसार, नेकपा एमालेले ३० लाख १ हजार ७ सय ८४ मतका साथ अग्रता यथावत राखेको छ । कांग्रेसले एमालेलाई पछ्याइरहेको छ । कांग्रेसको पक्षमा हालसम्म २९ लाख २० हजार २ सय ५ मत परेको छ ।

माओवादी केन्द्रले १२ लाख कटाएको छ । निर्वाचन आयोगका अनुसार, संघीय समाजवादी फोरम नेपालले ४ लाख २३ हजार ८ सय ८५ मत हासिल गरेको छ । राष्ट्रिय जनता पार्टी, नेपाल ३ लाख ८९ हजार ५ सय ३४ मतका साथ फोरमलाई पछ्यारहेको छ ।

विवेकशील साझा पार्टीले २ लाख मत कटाएको छ भने राप्रपाले १ लाख ८९ हजार ५०० मत बटुलेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment