Comments Add Comment

पिएसजीका प्रशिक्षकको घरबाट नेइमारको जर्सी चोरी

२९ मंसिर, काठमाडौं । फ्रान्सेली च्याम्पियन पेरिस सेन्ट जर्मेइनका प्रशिक्षक उनाई इम्रेको १६ डिस्टि्रक, पेरिसमा अवस्थित घरमा बिहीबार बिहानै चोरी लाग्यो । जवकि प्रशिक्षक इम्रे फ्रेन्च लिग कपको खेलका लागि स्ट्रासवर्गमा थिए ।

उनकी पत्नीले जनाएअनुसार घरबाट नेइमारको दुईवटा जर्सीसहित क्लवको ट्रान्सफर सम्बन्धी महत्वपूर्ण दस्तावेज चोरी भएको छ ।

जम्मा जम्मी करिव २० हजार युरो बराबरको सामान चोरी भएको प्रारम्भिक अनुमान छ, जसमा एउटा रोलेक्स घडी र दुईवटा च्यालन ब्याग समावेश छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment