Comments Add Comment

काठमाडौंमा अब घरमै बसेर नक्सापास गर्न सकिने

२९ मंसिर, काठमाडौं । काठमाडौं महानगरपालिकाले डिजिटल नक्सापास सेवा सुरु गरेको छ । घरमै बसेर अनलाइनमार्फत नक्सा पास गराउने सेवाको आज शुक्रबार मेयर विद्यासुन्दर शाक्यले उद्घाटन गरे ।

महानगरका सेवालाई अनलाइनमा लैजाने क्रममा नक्सापास सुविधा पनि स्मार्ट प्रविधिमा लागिएको हो । अहिले स्वेच्छिक रुपमा लिन सकिने यो सेवा आगामी बैशाखबाट अनिवार्य गर्ने योजना बनाइएको शाक्यले जानकारी दिए ।

अब नक्सा पास गर्दा नक्सा पास गर्ने अधिकारीहरुको डिजिटल सिग्नेचर रहनेछ । महानगरले सबै नक्सा र जग्गा तथा घरधनिको विवरण डिजिटल रुपमा राख्न काम गरिरहेको छ ।

यसले महानगरमा नक्सापासका लागि विभिन्न बाहना बनाएर सेवाग्रहीसँग घुस लिनेक्रम हट्ने अपेक्षा गरिएको छ । अहिले महानगरका कर्मचारीले नक्सापास गर्दा सेवाग्राहीसँग अतिरिक्त रकम माग्ने गुनासो तीव्र छ ।

अनलाइन प्रविधिमा गएपछि सेवाग्रहीसँग प्रत्यक्ष सम्वाद नहुने भएकाले अनियमितताको सम्भावना घट्ने दावी महानगरपालिकाको छ । महानगरले आफ्नो सेवालाई प्रभावकारी नाउन गतवर्ष बाटै अनलाइन ‘मार्स’ सिस्टम तयार गरेर सञ्चालनमा ल्याएको थियो ।

तर, प्रभावकारी कार्यान्वयन नहुँदा अहिले पनि महानगरले अनलाइन सेवा चुस्त रुपमा दिन सकेको छैन ।

महनगपालिकाको वेबसाइटमा आफ्नो युजर दर्ता गराएर नक्साासको फारम डाउनलोड गरी भरेपछि त्यसैमा अपलोड गर्न सकिन्छ । त्यसका लागि नक्सापास गर्दा चाहिने सबै कागजातको प्रतिलिपि पनि अपलोड गर्नुपर्छ ।

अपलोड भएका नक्सालाई महानगरले छानविन गरेर अनलाइनाटै पास गर्न सक्ने व्यवस्था गरिएको छ । आफ्नो फाइल कुन शाखामा पुगेर कुन चरणको कारवाही प्रक्रियामा छ भन्ने पनि हेर्न सकिनेछ । अनलाइन सुविधा लिन अब नक्सा बनाउँदा डिजिटल नक्सा भने बनाउनुपर्ने छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment