Comments Add Comment

उत्तर कोरियाको जेलमा कोरिएको एक सफल प्रेम कहानी

हरेक रात सुत्नुभन्दा अघि चार्ल्स जेनकिन्स आफ्नी पत्नी हितोमी सोगालाई तीन पटक चुम्बन गर्थे । उनीहरुको माया देखेर अनुमानै लगाउन मुस्किल हुन्थ्यो कि चार्ल्स र हितोमीको विवाह जवर्जस्ती गराइएको थियो ।

हितोमी जापानकी थिइन् र चार्ल्स अमेरिकाको उत्तरी क्यारोलिनाका । सुत्नुभन्दा अगाडि चार्ल्स पत्नीलाई ‘ओयासुमी’ भन्दै जापानी भाषामा शुभरात्री भन्थे र हितोमी पनि पतिलाई अंग्रेजीमा जवाफ दिन्थिन् ‘गुड नाइट’

चार्ल्सले आफ्नो पुस्तक ‘द रिलक्टेट कम्युनिष्ट’मा लेखेका छन्, ‘हामी यस्तो यसकारणले गर्थ्यौं ता कि हामी को हौं र कहाँबाट आएका हौं भन्ने सम्भिmराखौं ।’

चार्ल्स र हितोमीको कथा अचम्मको छ । तर, उसमा एक प्यारो प्रेमकाहानी पनि लुकेको छ ।

चार्ल्सको गएको सोमबार ७७ वर्षको उमेरमा निधन भयो ।

‘झ्याप भएर उत्तर कोरिया पुगे’

अमेरिकी सर्जेन्ट चार्ल्स दक्षिण कोरियामा तैनाथ थिए, जब सन् १९६५ को एक रात ‘नशाको सुरमा उनी उत्तर कोरिया प्रवेश गरे ।’

२४ वर्षीय चार्ल्स यो सोचेर निक्कै आत्तिएका थिए, कि उनी उत्तर कोरियाली सेनाको निशानामा पर्नेछन्, नभए पक्राउ गरी मर्नका लागि भियातनाम पुर्‍याइनेछन् ।

चार्ल्सका अनुसार उनले रुसी दूतावासमा शरण माग्ने योजना बनाए ता कि कैदीको रुपमा बसेर भए पनि ज्यान जोगाउन सकियोस् ।

चार्ल्सले भने, ‘मलाई यस कुराको अनुमान पनि थिएन कि जुन देशमा थोरै समयका लागि शरण मागिरहेको छु, त्यो वास्तव मै बिशाल मुलुक थियो र जेल यस्तो बिकृत थियो जहाँ एक पटक छिरेपछि बाहिर निस्कने कल्पनै गर्न सकिन्नथ्यो ।’

उत्तर कोरियामा छिरेका चार्ल्स गिरफ्तारीमा परे । त्यसपछि जीवनको असाध्यै कठिन यात्रा सुरु भयो जुन ४ दशकसम्म चल्यो ।

दैनिक १० घण्टासम्म भाषण सुनाइन्थ्यो

चार्ल्सलाई अन्य तीन अमेरिकी जवानसँग राखिएको थियो । उनीहरुको नाम थियो जेम्स नो ड्रेसनोक, ल्यारी एबशायर र मात्र १९ वर्षका कर्पोरल जेरी प्यारिस ।

चारै जवानलाई एकसाथ लगातार पिटिन्थ्यो र उनीहरुलाई दिनको १० घण्टासम्म उत्तरि कोरियाका तत्कालीन प्रमुख नेता किम इल सुङको भाषण सुनाइथ्यो ।

घर र नागरिकता मात्रै होइन, जबर्जस्ती विवाह पनि गराइयो

१९७२ मा उनीजस्तै सीमा पार गरेर आउने मानिसहरुलाई अलग्गै घर र उत्तर कोरियाको नागरिकता दिइयो ।

यद्यपि उनीहरुमाथि निगरानी र पिटाइ भने जारी नै रहृयो ।

उनले एक सैन्य स्कुलमा अंग्रेजी पढाउन सुरु गरे । तर त्यहाँबाट चार्ल्सलाई उनको अंग्रेजी बोल्नै शैलीका कारण निकालियो ।

त्यसपछि उनलाई २० प्रोपोगाण्डा चलचित्रमा खराब अमेरिकीको भूमिका निभाउने काम पाए, जुन उनले निक्कै उत्कृष्ट रुपमा पूरा गरे ।

यसैबीच चारै जनालाई एक अनौठो आदेश दिइयो । उनीहरुलाई भनियो कि बिदेशी कैदी महिलासँग भेटुन् र उनीहरुसँग विवाह गरुन् ।

तर, उत्तर कोरियालाई उनीहरुको विवाहमा के चासो थियो ?

चार्ल्सका अनुसार यस्तो गरेर उत्तर कोरियाले बिदेशीजस्तो देखिने जासूसको एउटा जेनेरेशन तयार गर्न चाहन्थ्यो ।

चार्ल्सका अनुसार उत्तर कोरियामा रहेका विदेशी महिला कैदीलाई जवर्जस्ती त्यहाँ ल्याइएको थियो । उनको दाबी छ कि उनीहरु चारै जनालाई जुन महिलासँग विवाह गराइयो, ती सबै उत्तर कोरियाली जासूसी संस्थाले अपहरण गरेको थियो ।

चार्ल्स भन्छन् कि उनले विवाह गरेकी हितोमी १९७८ मा मात्र १९ वर्षकी थिइन् र जापानमा उनी नर्सको रुपमा काम गर्थिन् । पश्चिमी तटीय इलाका सादो आइल्याण्डबाट उनलाई अपहरण गरिएको थियो ।

चार्ल्सका अनुसार हितोमीलाई उत्तर कोरियाका जासूसहरुलाई जापानी भाषा सिकाउन अपहरण गरिएको थियो ।

चार्ल्सले हितोमीलाई त्यतिबेला भेटेका थिए, जब उत्तर कोरिया जस्तो चीसो मुलुकमा बस्नुपरेको १५ वर्ष भइसकेको थियो । सन् १९८० मा हितोमीसँग विवाह गरेका चार्ल्सले एक पटक भनेका थिए कि पहिलो पटक देख्नेबित्तिकै उनलाई हितोमीसँगै बिहे गर्छु भन्ने लागेको थियो ।

सुरुवातमा चार्ल्स र हितोमीका बीच कुनै समानता थिएन, सिर्फ यसबाहेक कि दुवै उत्तर कोरियालाई निक्कै घृणा गर्थे ।

तर, बिस्तारै उनीहरु मायामा पर्न थाले । र दुई छोरीहरु पनि जन्मिए मिका र बृन्दा । २२ वर्ष एकसाथ रहे ।

उत्तर कोरियाले स्वीकार्‍यो अपहरणको आरोप

सन् २००२ मा उनीहरुको जीवनमा अचानक ठूलो बदलाव आयो । तत्कालीन नेता किम इल सुङले स्वीकार गरे कि सन् १९७० र ८० को दशकमा उत्तर कोरियाले १३ जना जापानी नागरिकको अपहरण गरेका थिए ।

किम जोङ इलले बताए कि १३ मध्ये ८ जापानी नागरिकको मृत्यु भइसकेको थियो र बाँकी ५ जनालाई १० दिनका लागि उनको मुलुक पठाइनेछ ।

यी पाँचमध्ये दुई विवाहित जोडी थिए र अर्की चार्ल्सकी पत्नी हितोमी थिइन्, जो आफ्ना पतिलाई छाडेर मुलुक र्फकँदै थिइन् ।

जापानी नागरिकले पाँचजनालाई भव्य स्वागत गरे । यसपछि उनीहरु अहिल्यै उत्तर कोरिया फर्किएनन् ।

जापान गए पक्राउ पर्न सक्थे चार्ल्स

चार्ल्स र उनकी दुवै छोरी लाचार थिए । अमेरिकी सेनाको छाडेर जानुको अधिकतम सजाय जन्मकैद थियो । चार्ल्सलाई थाहा थियो कि यदि आफ्ना पत्नीसँगै जापान गए भने अमेरिकी सेनाले उनलाई पक्राउ गर्नेछ ।

जसो तसो २ वर्ष त वित्यो तर, त्यसपछि चार्ल्स र उनका छोरीहरुका लागि हितोमी बिना रहन मुस्किल हुन थाल्यो । चार्ल्स र उनका परिवार हितोमीलाई भेट्नका लागि इण्डोनेशिया गए । किनभने इण्डोनेशियामा अमेरिकासँग कैदीहरु साटासाट गर्ने सम्झौता भएको थिएन ।

कोरियाले उनलाई एक छोटो यात्राका लागि अनुमति दिएको थियो, तर जापानका तत्कालीन प्रधानमन्त्री जुनिकिरो कोइजुमीको प्रोत्साहनमा चार्ल्सले भने कि आफ्नो परिवारलाई एक पटक पुनः साथै राख्नका लागि उनी कोर्ट मार्शल वा जेल जाने खतरा उठाउन पनि तयार छन् ।

‘सर्जेन्ट जेनकिन्स रिपोर्टिङ, सर’

११ सेप्टेम्बर २००४ मा चार्ल्स अस्पतालबाट एक मिनी भ्यानमा टोक्योभन्दा बाहिर क्याम्प बनाउनका लागि निस्किए । कालो रंगको कोर्ट पाइन्टमा लठ्ठीको साहारा बिनै निस्किएका चार्ल्सले अमेरिकी सैनिक अधिकारीलाई डटेर स्याल्यूट गरे ।

‘सर्जेन्ट जेनकिन्स रिपोर्टिङ, सर’

चार्ल्सले सेना छाडेर दुस्मनको सहयोग गर्ने (जहाँ उनले अंग्रेजी भाषा पढाए) आरोप स्वीकार गरे, त्यसको सजाय स्वरुप उनलाई ३० दिनको जेल सजाय सुनाइयो । राम्रो व्यवहार गरेका कारण उनलाई २५ दिनमै रिहा गरियो ।

दाबी गरिएअनुसार उनले उत्तर कोरियाको बारेमा आफ्ना पूरै जानकारी अमेरिकी सेनालाई जानकारी गराएका थिए ।

जेलबाट छुटेपछि जेनकिन्सले रुँदै भनेका थिए कि ‘मैले जिन्दगीमा एउटा ठूलो गल्ती गरें, तर, मेरी छोरीहरुलाई त्यहाँबाट निकालेर ल्याउनु मेरो जीवनको गरिएको सही काम थियो ।’

छोरीलाई जासूस बनाउन चाहन्थ्यो उत्तर कोरिया

आफ्नो मृत्युभन्दा अघिसम्म पनि चार्ल्सले यस्तो भनिरहे कि उत्तर कोरिया उनका छोरीहरुलाई हतियारको रुपमा प्रयोग गर्न चाहन्थ्यो । उनको दाबी थियो कि छोरीहरुको स्कुलिङ पनि सरकारी जासूस बनाउनकै लागि तयार गरिएको थियो ।

हितोमी सोगा सन् २००४ मा आफ्ना पति र छोरीसँग सादो आइल्याण्ड पुगिन् । जेनकिन्सले एक टुरिस्ट पार्कमा राइस क्रेकर बेच्ने र फोटो लिने काम पाए । हितोमीले स्थानीय नर्सिङहोममा काम गर्न थालिन् ।

तर, उत्तर कोरियाको डर भने रहिरहृयो ।

उनले आफ्ना छोरीहरुलाई भनिराखेका थिए कि कहिल्यै ट्राफिक पुलिसका लागि पनि नरोक्नु किनभने उनीहरु उत्तर कोरियाको एजेन्ट हुन सक्छन् ।

उत्तर कोरियामा कैद रहँदा चार्ल्सले आफ्नो जीवनको महत्वूर्ण ३९ वर्षमात्र गुमाएनन् । एपेण्डिक्स र एक टेस्टिक नस्ता शरीरका अंग पनि गुमाए । उनको बाँया खुट्टामा अमेरिकी सेनाको एक ट्याटू बेहोस नगरीकनै काटिएको थियो ।

चार्ल्सका साथी कहिल्यै फर्किएनन्

चार्ल्सका साथ बन्दी रहेका तीन अमेरिकी सैनिक कहिल्यै उत्तर कोरियाबाट बाहिर निस्कन पाएनन् ।

चार्ल्स आफ्नो जीवन बचाउने श्रेय आफ्नी पत्नीलाई दिन्थे । हितोमीका कारण नै जिन्दगीको लामो समय कैदीका रुपमा बिताएका चार्ल्स स्वतन्त्र रुपमा मर्न पाए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment