Comments Add Comment

मुख्यमन्त्रीको दावेदारलाई प्रदेशसभा सदस्य हुनै मुस्किल !

२९ मंसिर, डोटी । दोस्रो संविधानसभामा सभासद भइसकेका एमाले नेता कर्णबहादुर थापा यो पटक प्रदेशमा झरे ।

प्रदेश ७ को मुख्यमन्त्रीको दाबी गर्दै प्रदेशमा झरेका उनी समानुपातिकमा बसे । एमालेको समानुपातिक सूचीमा खस आर्यको कोटामा पहिलो नम्बरमा छ उनको नाम ।

तर, मुख्यमन्त्रीको दावेदार थापालाई प्रदेशसभा सदस्य बन्नै कठीन हुने देखिएको छ ।

प्रदेश ७ का प्रत्येक्षतर्फ ३२ र समानुपातिकतर्फ २१ गरी कुल ५३ सदस्यीय प्रदेश सभा गठन हुनेछ । बाम गठबन्धनले प्रत्येक्षतर्फबाटै २७ स्थान अर्थात बहुमत प्राप्त गरेको छ ।

समानुतिकतर्फ कैलाली १ बाहेक अन्यत्रको गणना सकिसकेको छ र यो समाचार तयार पर्दासम्म कांग्रेसले २ लाख ८७ हजार ७३५, एमालेले २ लाख ५५ हजार ४८६, माओवादी १ लाख ९८, राजपाले ३५ हजार २२४ र राप्रपाले १५ हजार २५७ मत पाएको छ ।

यही ट्रेण्ड रहेमा समानुपातिकतर्फ कांग्रेस र एमालेले ८८ तथा माओवादीले ४ र राजपाले एक सिट पाउनेछ ।

एमालेले प्रत्यक्षतर्फ १७ सिट जितेको छ । तर, प्रत्यक्ष निर्वाचत जित्ने एक जना पनि महिला छैनन् ।

यदि समानुपातिकमा ८ सिट पायो भने प्रदेशसभामा एमालेको कुल सिट २५ हुनेछ ।

संविधानको धारा १७६ अनुसार राजनीतिक दलले जितेको कुल सिटको ३३ प्रतिशत महिला हुनुपर्छ । अर्थात एमालेबाट प्रदेशसभामा ८ महिला प्रदेशसभा सदस्य हुनुपर्छ ।

प्रत्यक्षमा एक जना पनि नजितेकाले समानुपातिकमा पाएको सबै सिटमा महिलालाई पठाउनु पर्दा मुख्यमन्त्रीको दावेदार कर्णबहादुर नै प्रदेशसभा सदस्य नबन्ने देखिन्छ ।

थापा भने त्यसलाई स्वीकार गर्दैनन् । प्रत्यक्ष जितेकाहरुको एक तिहाई मात्र महिला पठाउनु पर्ने भएकाले आफूलाई प्रदेशसभामा जान कुनै समस्या नहुने दाबी गर्छन् ।

कोको छन् विकल्पमा ?

एमाले पोलिटब्यूरो सदस्य थापा प्रदेशसभा सदस्य बन्ने सम्भावना कम भएपछि वैकल्पिक केन्ऽीय सदस्य प्रकाश शाह र कैलाली पार्टी अध्यक्ष दीर्घ सोडारीको नाम चर्चामा छ ।

समानुपातिक सूचीको पहिलो नम्बरमा रहेकी डडेल्धुरा उपसचिव सकुन्तला नगरकोटीको नाम पनि चर्चामा छ । यद्यपि उनको सम्भावना निकै कम देखिएको छ ।

त्यसो त प्रदेश ७ को मुख्यमन्त्री माओवादीको भागमा जान सक्ने विश्लेषण पनि सुरु भएको छ ।

यदि माओवादीले प्रदेश सरकारको नेतृत्व गर्ने अवसर प्राप्त गरेमा वीरमान चौधरी र अछामका नेता झपट बोहरालाई भावी मूख्यमन्त्रीका रूपमा हेरिएको छ ।

प्रदेश ७ मा प्रत्यक्षका ३२ सिटमा एमालेले १७, माओवादीले १०, कांग्रेसले ४ र राजपाले १ सिट जितेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment