Comments Add Comment

प्रदेश ३ को राजधानी हेटौंडा बनाउन माग

२९ मंसिर, काठमाडौं । मकवानपुरबाट प्रदेशसभा चुनाव जितेका नेपाली कांग्रेसका सांसद ईन्द्रबहादुर बानियाले प्रदेश नम्बर ३ को स्थायी राजधानी हेटौंडा बनाउन माग गरेका छन् ।

शुक्रबार रिपोर्टर्स क्लबमा आयोजित साक्षात्कारमा प्रदेश सांसद बानियाले जनताको चाहना, आवश्यकता र पूर्वाधारको आधारमा हेटांैडालाई प्रदेश नम्बर ३ को राजधानी घोषणा गर्न सरकारसँग माग गरे ।

क्षेत्रीय बन कार्यालय, प्रदेश सुरक्षाकर्मीको माथिल्लो निकाय बस्ने कार्यलय, पि्रतनापतिको प्रदेश कार्यलय सबै हेटौंडामा भएको बताउँदै उनले भने, ‘प्रदेशको राजधानी मुलुकको राजधानी काठमाडौ वरपर बनाउनुपर्छ, मुलुकको राजधानीमा प्रदेशको राजधानीलाई थुपार्नुहुँदैन, यहाँ धरै प्रकारका अहसजता छन्, सवारीको चाप उस्तै छ, यस्तो स्थितिमा प्रदेश नम्बर ३ को राजधानी हेटौडा उपयूक्त छ।’

हेटौंडालाई प्रदेश नम्बर ३ को राजधानी बनाउनेबारे आफूले प्रधानमन्त्री शेरबहादुर देउवासँग पनि कुरा गरिसकेकोले देउवाले उपयुक्त निर्णय लिने उनको विश्वास थियो ।

उनले आफू प्रदेश नम्बर ३ को नेपाली कांग्रेसको मुख्य नेता दाबी गर्नसमेत भ्याए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment