Comments Add Comment

लमहीमा प्लास्टिकका भाँडा प्रयोग गर्न नपाइने

२९ मंसिर, दाङ । लमही नगरपालिकाले शनिबारदेखि नगरभित्र प्लास्टिकका कप, प्लेट र चम्चा बिक्री वितरण र प्रयोगमा पूर्ण रोक लगाउने भएको छ ।

नगरकार्यपालिकाको शुक्रबार सम्पन्न वैठकले पुस १ गते बाट प्लास्टिकका कप, प्लेट र चम्चा बिक्री वितरण र प्रयोगमा पूर्ण रोक लगाउने निर्णय गरेको हो ।

लमही नगरलाई सरसफाईमा उत्कृष्ट बनाउने अभियानअन्तर्गत प्लास्टिकका कप, प्लेट र चम्चा प्रयोग र बिक्री वितरणमा रोक लगाउने निर्णय गरेको प्रवक्ता बिमबहादुर केसीले जानकारी दिए ।

नगर प्रमुख कुलबहादुर केसीको अध्यक्षतामा सम्पन्न बैठकले नगरपालिकाभित्रका ९ वटै वडा स्तरमा पूर्ण सरसफाइलाई सहयोग पुग्ने खालका कार्यक्रम चलाउने निर्णय गरेको छ ।

राजमार्गमा सरसफाइ अभियान, वस्ती क्षेत्रमा सरसफाइसँगै अभिमुखीकरण कार्यक्रम गर्ने निर्णय गरेको छ ।

नगरपालिकाले थालनी गरेको घरजग्गा अभिलेखीकरण कार्यक्रमलाई पुस १५ गतेसम्म समय थप गर्ने निर्णय गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment