Comments Add Comment

राष्ट्रपति र केपी ओलीवीच भेटवार्ता

२९ मंसिर, काठमाडौं । राष्ट्रपति विद्या भण्डारी र एमाले अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ ।

राष्ट्रिय सभासम्वन्धी अध्यादेश अडि्करहेका बेला एमाले अध्यक्ष ओलीले राष्ट्रपतिलाई भेटेका हुन् । शीतल निवासमा जानु अघि ओलीले दिउँसो माओवादी अध्यक्ष प्रचण्डसँग छलफल गरेका थिए ।

सरकारले राष्ट्रिय सभासम्वन्धी अध्यादेश पठाएको लामो समय भएपनि राष्ट्रपति भण्डारीले जारी गरेकी छैनन् । बिहीबार मात्र प्रधानमन्त्री शेरबहादुर देउवाले राष्ट्रपतिलाई भेटेर अध्यादेश जारी गर्न आग्रह गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment